९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

हेल्लो समाचारदाता

डोटी, २२ माघ – डोटीमा विद्यार्थीमाथि यौन दुर्वयवहारको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विद्यालयमा बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

पीडित पक्षको जाहेरीका आधारमा शिक्षकमाथि छानबिन गरी मुद्धा चलाइने उनले बताए । प्रहरीले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकको नाम खुलाएको छैन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.