‘भारत मित्र हैन शत्रु नै हो’

गत शनिबारदेखि भारतीय वन विभागले पुनर्वास नगरपालिका–११ डोकेबजारको ७५३/१७१ नम्बर पिलर क्षेत्रदेखि दशजगा क्षेत्रमै नेपाली पक्षको सहमती बिनै भारतीय पक्षले एकलौटी ढङगबाट प्रहरीको पहरामा डोजर लगाउन थालेकोछ । भारतले नेपालको आन्तरिक मामिलामा गरेको नाङ्घो हस्तक्षेपले सिङ्गो नेपाल तथा नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गरिरहेका जनजीवनलाई छिन्नभिन्न बनाउँदै आएको छ । जनता त्राहिमाम भन्दै सरकारको दैलोमा आइपुग्दा पनि सरकारको मौनब्रत भारतीय ज्यादतीको बिरुद्ध अहिलेसम्म वैधानिक रुपमा तोडिएको छैन । संसारमा कहिल्यै दास नबनेको मुलुकलाई आजको विश्वग्रामको समयमा भारतले गुलाम बनाउन खोज्नुको प्रमुख आधार नै सरकारको लाचारीपन हो । विश्व मानचित्रमा नेपाल कनिष्ठ छ, रणनीति र कुटनीतिको हिसाबले पनि विश्वसामू खासै महत्ता नराख्ला, तापनि नेपाल एउटा सार्बभौमसत्ता सम्पन्न मूलूक हो । यसका आन्तरिक मामिलामाथि कसैको अनावश्यकारी हस्तक्षेप गैरकानूनी हुने कुरामा दुईमत छैन ।

रञ्जित लामा

सुस्ता, कालापानी, पशुपतिनगर र लिपुलेकदेखि प्यारातालसम्मको अतिक्रमण र सीमा क्षेत्रमा भएको ज्यादती र निर्मम हत्याका घटनाहरू घाम झैं छर्लङ्ग छन् । नेपालको सार्वभौमिकतालाई चुनौति दिँदै नेपाली भूमिमै गैरकानूनीरुपमा हतियारसहित नेपाली भूमिमा प्रवेश गर्ने, सीमावर्ती क्षेत्रका बासिन्दालाई कुटपिट, धरपकड गरी दुःख दिने जस्ता हरकतहरु भरतीय पक्षले गर्दै आएको छ । यसका साथै नेपाली छोरीचेलीलाई दुर्व्यवहार गर्ने तथा गोली हानी निर्दोष एवं निहत्था नेपाली नागरिकको ज्यानसमेत लिँदै आएको छ । एसएसबीले सीमा क्षेत्रका नेपाली नागरिकमाथि मच्चाएको आतंक, हत्या, हिंसा, लुटपाट, बलात्कार र अपहरणको लामो श्रृंखला छ । २०७३ फागुन २६ गते आफ्नै भूमिमा कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुर पुनर्वास नगरपालिका–४ का गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका थिए । गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीको ल्याबबाट गरिएको परीक्षणमा गौतमलाई लागेको गोली एसएसबीकै भएको पुष्टि भएको छ । तर छिमेकीले गरेको दादागिरी बिरुद्धको कानूनी उपचार अहिलेसम्म केहि हुन सकेको छैन । यी घटनाहरू अन्य ठूला देशहरुबीच भएका भए अहिलेसम्म युद्ध नै भइसक्थ्यो । वास्तवमै भन्नु पर्दा भारतले त युद्धको शंखनाद एकतर्फिरुपमा गरि नै सकेको

छ । फेरि सरकार वैधानिक युद्ध लड्न किन खुट्टा कमाइरहेका छन् ? छिमेकीको अजङ्गता, वैभवताको सामू द्रबित हुने पुरानै रोगले यो दुई तिहाइको सरकारपनि ग्रषित बनिरहेका छन् । सङ्कट र त्रासदीको कालो छायाँमा बीर नेपालीका सन्तान दिन बिताउन विवश छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा आफ्नो साथमा राखेर आफ्नो स्वाभिमानी माथ निहुराउदै छ । आफ्नो हैकमवाद लादेर छिमेकीले थुप्रैपटक कानूनी तथा कूटनीतिक सीमा नाघेको घटनाहरु हामीमाझ दूध झैं उजेलो र पानी झैं सङ्गलो छ ।

भारतीयले पुनर्वास नगरपालिका–११ डोकेबजारको  दशजगा क्षेत्रमै  नेपाली पक्षको सहमती बिनै एकलौटी ढङगबाट डोजर लगाउँदै 


भारत अर्थात् हाम्रो सबैभन्दा निकटको छिमेकी । विविध तथा विशेष सम्बन्धले सन्निकतामा रहेको छिमेकी । निर्वाध रुपमा खुल्ला सिमानामार्फत व्यापारिक तथा अन्य प्रयोजनले पनि निकट मानिएको छिमेकी मुलुक भारत । रोटी र बेटीदेखि लिएर हाम्रो भाषा, धर्म र संस्कृतिको हिसाबले पनि नजिकिएको भारतले के वास्तबमै नेपालप्रति छिमेकीकै धर्म निभाएको छ त ? नेपालले भारतको चित्त दुःख्ने गरी अर्थात् उसको पूर्वसहमति र समझदारीबिना वा उसलाई पूर्वसूचना नदिई नेपालमा कुनै पनि गतिविधि र राजनैतिक परिवर्तनका कामहरू गर्नै नहुने छिमेकीको यस्तो रबैयालाई असल छिमेकीको संज्ञा दिन सकिन्छ त ?
मित्र राष्ट्र भनी भनी हामीमाथि शत्रुता साँधिरहेको कुरा हामीमाझ छर्लङ्ग छ । त्यसैले अधिकांश नेपालीहरुमा यतिखेर स्वाभिमानको भूत पनि सँग–सँगै सवार भएको छ । समाजिक सञ्जाल फेसबुक, ट्वीटरका भित्ताभरी स्वाभिमानी अभिव्यक्तिहरु लेपासिएका छन् । चोक, गल्ली, चिया र चमेनागृह लगायत जम्काभेटमा समेत स्वाभिमानका प्रसङ्गहरु उठ्न थालेका छन् । दक्षिणी ठूलेको हेपाहा रबैयालाई नसहने राष्ट्रप्रेमी भावनाहरुले अहिले जताततै स्थान पाएका छन् । हो ! यही स्वाभिमानी तथा राष्ट्रिय भावनालाई संस्थागत गर्न सर्वप्रथम सरकारको सोंचमा परिवर्तन हुनु नितान्त जरुरी छ । तर, जब सत्तासिनहरु सबै पालैपालो सत्तामा पुगे, तब उनीहरूले सबै कुरा बिर्से । पहिलो राजकीय भ्रमण दिल्लीमा गरे । रातो कार्पेटमा उत्रेर दिल्ली दरबारका बैभवता र अजङ्गतामा आफुलाई बिस्कुन सरी सुकाए तब छिमेकीले गरेको बिगतको ज्यादती र बिस्तारवादलाई भुसुक्कै भुले । अनि फेरि रोटी र बेटीदेखि लिएर हाम्रो भाषा, धर्म र संस्कृतिको हिसाबले पनि नजिकिएको भारत नेपालको छिमेकी भएको उद्घोष गरे । के साँच्चै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने आम नेपाली जनताप्रति भारतले छिमेकीकै धर्म निभाएको छ त ? निरन्तर दक्षिणीपरस्त भुकाव र सुझावकै आकांक्षी बनिरहेको बिगतका सरकार झैं यो सरकारको चर्तिकलामा पनि आज विश्वको आँखा अडेको छ । जसले नेपाल रणनीति र कुटनीतिक लविङमा विश्व सामू निम्छरो सावित भएकोे छ । त्यसैले ओली सरकारले यतिखेर ढुङ्गाको काप फोरेर उम्रेको पीपल जस्तै प्रतापीको रुपमा आफुलाई इतिहासमा स्थापित गर्ने; र जनता जनार्दनको नारालाई बुलन्द गर्ने अवसरलाई गुमाउँनु हुँदैन । आफ्नो निष्ठा र देशको स्वाभिमान बन्धकी राखेर झुक्न वा सम्झौता गर्न नहुने आम नेपाली जनताको चाहनालाई यतिखेर ओली सरकारले भुल्नु हुँदैन । “नजिकको छिमेकी टाढाको दाज्यू–भाइभन्दा बेस हो ।” तर छिमेकी राष्ट्र भारतले नेपालप्रति गरेको तमाम घटनाहरुलाई अध्ययन अनुसन्धान गर्ने हो भने ‘भारत मित्र हैन शत्रु नै हो’ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.