पुनर्वासमा सोनाम ल्होछारको रौनक,खानेपानी मन्त्री मगरद्वारा आज कार्यक्रममा सम्बोधन गरिने

जुद्ध चाैधरी/

पुनर्वास, माघ २१ ।

नेपाल तामाङ घेदुङ,कञ्चनपुरको आयोजनामा तामाङ जातिको महान पर्व २८५५ औ सोनाम ल्होछारको उपलक्ष्यमा अाज भव्य रुपमा सांस्कृतिक कार्यक्रम सहित उदघाटन भएकाे छ।

कार्यक्रमकाे उदघाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि कृष्णराज सुवेदीले गरेका हुन। पुनर्वासको पैसठ्ठी बिगाहमा भईरहेकाे सो कार्यक्रमलाई भाेली खानेपानी मन्त्री बिना मगरले सम्बाेधन गर्ने गर्ने कार्यक्रम रहेको अायाेजकले जनाएकाे छ । अाज भएकाे कार्यक्रममा तामाङ राष्ट्रिय कलाकारद्वय बाबू जिम्बा र रितु वाइबाले दर्शकलाई नचाएका थिए ।

ल्हो खोली बनाएर ग्रहदशा फाल्ने, आगामी बर्खा अन्नबाली राम्रो होस् भनी डालोमा बीउबिजन राखेर टुसा उमारी पूजापाठ गर्ने, परिवारका सबै सदस्यहरू भेला भई भोज खाने, परम्परागत रूपमा कुथुक -बाह्र ल्होको टाउको) बनाएर थुक्पा खाने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो गरी बिहान नयाँ वर्ष प्रारम्भ नभएसम्म बस्ने, अँध्यारोलाई उज्यालोले हटाएजस्तै परिवारमा सधैं उज्यालो र खुसियाली छाइरहोस् भनी बेलुका बालेको बत्ती रातभर निभ्न नदिने जस्ता कार्यहरू गरिन्छ ।कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा तामाङहरुले हरेक बर्ष सोनाम ल्होछार मनाउने गरेका छन । यसदिनमा सार्वजनिक स्थलमा खानपिनका साथै रमाइला साँस्कृतिक कार्यक्रम गरि धुमधामका साथ मनाउने गरिन्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.