पुनर्वासमा अज्ञात समूहद्धारा मोटसाईकलमा आगजनी

हेल्लो समाचारदाता
माघ २१,पुनर्वास–
कञ्चनपुरकाे पुनर्वासमा अज्ञात समुहले न्यु पुनर्वास सम्राट रेस्टुरेण्टकाे माेटरसाईकलमा अागजनी गरेकाे छ। सन्जु गुरूङ्गकाे नाममा रहेकाे म २ प ७३०० नम्बरकाे पल्सर माेटरसाईकल जलाईएकाे हाे।
गए राती हाेटेल बन्द गरेर पुनर्वास न.पा.-२ माेतिबस्ती फर्किने क्रममा करिब साँढे ११ बजे तिर पुनर्वास नगरपालिका वार्ड ३ रामबस्तीमा पर्ने करूणा चर्च नजिक १०-१२ जनाकाे समुहले माेटरसाईकल रनेक भनेकाे र एक्कासी कुटपीट गरी अागाे लगाएकाे माेटरसाईकलमा सवार प्रकाश साउँदले बताए।
अाज बिहान घटना स्थलमा पुगि मुचुल्का बनाईसकेकाे र पिडितबाट कार्बाहिकाे निवेदन अाए पछि अपराधीकाे खाेजी गरिने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कर्ण बहादुर बमले बताउनु भयाे। अागलागीबाट माेटरसाईकल पूर्ण रूपले जलेर नष्ट भएकाे छ।

Facebook Comments
ads-480-38

Comments are closed.