आजदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द

 हेल्लो समाचारदाता

माघ १५,कञ्चनपुर–कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग गर्दै आजदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरिएको छ। आन्दोलनमा रहेको सयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेका हुन्। बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ भने सदरमुकामदेखि छुट्ने सवारी साधन चल्न सकेका छैनन्। शैक्षिक सस्थाहरु पनि बन्द छन्।

नगर विकास समितिको स्वामित्वमा रहेको जमिनको अवैध लिज खारेजी, मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्काउनुपर्ने, नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही तथा सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने माग गरिएको छ।

Facebook Comments
ads-480-38

Comments are closed.