यूएईमाथि नेपालको शानदार जित

हेल्लो समाचारदाता
 माघ १२, पुनर्वास–नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा युएईलाई फराकिलो अन्तरले पराजीत गरेको छ। रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको हो। यससँगै तीन म्याचको सिरिजमा १–१ को बराबरी भएको छ। नेपालले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको यूएईले १९ दशमलव ३ ओभरमा ९७ रन बनाएर सबै विकेट गुमायो।

सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई निकै दबावमा परेको थियो। पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई पभेलियनको बाटो देखाए। पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवरको विकेट लिएका उनले छैटौं ओभरको पहिलो बलमै अस्फाक अहमदलाई शिकार बनाए।

पाँचौं विकेटका लागि यूएईका सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे। तर, १५ औं ओभरमा सन्दीपले उनीहरुको साझेदारी तोड्दै एकै ओभरमा तीन विकेट लिँदै नेपाललाई जिततर्फ डोर्होयाए। १९ औं ओभरको पाँचौं बलमा सन्दीपले चौथो विकेट लिए भने अर्को ओभरको तेस्रो बलमा सोमपाल कामीले जहोर खानको विकेट लिँदै खेल टुंग्याए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमारको रेकर्डस्ँगै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो। नेपालको सुरुवात राम्रो रहृयो। ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे।

तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो। भण्डारी २१, मल्ल ४४ र दिपेन्द्र सिंह ऐरी १०, पवन शरार्फ, ८ र पारस खड्का २१ रनमा आउट भए। कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र एक सय १० रन थियो। तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले। दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे। शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे।

५५ रन बनाएर पभेलियन फर्किएका उनी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बने। उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका छन्। यसैगरी करण केसीले १० बलमा १८ रन बनाए। सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रह्यो ।

Facebook Comments
ads-480-38

Comments are closed.