पुनर्वासका अमन कुवँरको पहिलो म्युजिक भिडियो युटुवमा (भिडियो सहित)

पुनर्वास  माघ ०४ : लामो समयदेखि नृत्यनाटक  पेशा अगाल्नु भएका पुनर्वासका अमन कुवँरले  छायांकन गरिएकोपहिलो  म्युजिक भिडियो युटुवमा सार्वजनिक भएको छ । नेपाली कला क्षेत्रमा मोह राख्ने र कला क्षेत्रमा लागेर केहि गर्न चाहनेहरुको संख्या अहिले बढ्दो छ । 

कञ्चनपुरको पुर्नवासमा जन्मिएका २२ वर्षिय अमन कुँवरलाई कला क्षेत्रको मोहले तानेको छ । लामो समयदेखि डान्स सिक्दै आएका अमन अहिले भने मोडेलको रुपमा देखा परेका छन् । पछिल्लो युवा पुस्ताका चर्चित गायक चक्र बमको आवाजमा रहेको “ट्याटु” बोलको म्युजिक भिडियोबाट अमनले डेब्यु गरेका छन् । गायक चक्र बमकै शब्द तथा संगित रहेको उक्त गितको एरेन्ज भने केशव बडुले दिएका छन् ।

निर्देशक विक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा नव मोडेल अमन कुँवरलाई पुजन घिमिरेले अभिनयमा साथ दिएकी छिन् ।मिलन विश्वकर्माको सम्पादन रहेको म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् । म्युजिक भिडियो चक्र बम युट्युव च्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

हेर्नुस् भिडियो !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.