बेलाैरीमा माघी मेला, थारू पहिरनमा सजिईन मन्त्री मगर

शनिवार, २८ पौष –  reposted

शितल भट्ट  /
बेलाैरी  –
थारू कल्याणकारिणि सभा बेलाैरी नगर समितिको आयोजनामा ३ दिने माघी मेलाको शुक्रबार उद्धघाटन गरिएको छ । थारूहरूकाे महान चाँड एवम नयाँ वर्षकाे रूपमा मनाईने माघीकाे अवसर पारेर बेलाैरीको खुला मञ्चमा ३ दिने माघी मेलाको शुक्रबार भव्यताका साथ उद्धघाटन गरिएको हाे । कार्यक्रमको उद्धघाटन नेपाल सरकार खानेपानी मन्त्री माननिय बिना मगरले गर्नु भएको थियो  । थारू पहिरन लहेङ्गा र चाेल्यामा सजिएकी खानेपानी मन्त्री मगरले थारू परम्परा अनुसार निसराउ बनाई भेटी चढाएर कार्यक्रमकाे विधिवत रूपमा उदघाटन गर्नु भएकाे हाे ।
थारू कल्याण कारिणि सभा बेलाैरी नगर समितिका सँयाेजक खडक बहादुर चाैधरीकाे सभापतित्व रहेको कार्यक्रममा विशिष्ट आतिथ्यमा पुर्ब माननिय सांसद दिवान सिहं बिष्ट, बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरी, उप-प्रमुख चित्रा कुमारी चाैधरी, प्रदेश साँसद कुलवीर चाैधरी,थाकस केन्द्रीय सदस्य जीऊलाल चाैधरी लगायत विभिन्न संघ संस्थाका जिम्मेवर ब्यक्तित्व, राजनितिज्ञ, बिषेशज्ञ, एवम् सर्वसाधारणको बाक्लो उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बोल्दै मन्त्री मगरले जितिय सदभाव खल्बलिने किसमिका साम्प्रदायिक सोचाई बाट मुक्त रहन अग्रह गदै  नेपाली दाजुभाई दिदि बहिनीहरुलाई यस दक्षिणी क्षेत्रको विकासका लागि सबै एक ढिक्का भएर अघि बढ्नु पर्ने कुरामा जोड दिनुभयो  । उहाँले विकासका लागी बिरोधकारी राजनिति नगर्न सरकारको प्रतिपक्षमा रहेको पार्टीसंग आग्रह समेत गर्नु भयो । आफु कञ्चनपुरकी छोरी रहेको बताउदै त्यसमा पनि आफ्नो निर्वाचित क्षेत्र नम्बर १ का सम्पुर्ण समस्या संग नजिक रहेकाले क्रमश: यहाँका धेरै जसो समस्याहरु आफ्नो कार्यकालमा निदान गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  यस्तै उहाँले माघीकाे शुभकामना दिँदै थारूहरूकाे महान चाँड माघीले एक ठुलै संस्कार सिकाएको बताउनु भयाे ।
यस्तै, बेलौरी नगरपालिका का नगर प्रमुख पोतिलाल चौधरीले आफ्नै चौधरी भाषामा मन्तब्य राख्दै माघी मिलनको सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुमा शुभ कामना व्यक्त गर्नु भयो । यस्तै उहाँले थारुभाषा संस्कृति रितिरिवाज लोपहुन गईरहेकाले सबै मिलेर यसको संरक्षण गर्नु पर्ने बताउनु दिनु भयो । यस ३ दिने माघी मिलन कार्यक्रमले लोप हुन लागेको थारु सस्कृति लाई झल्काउन र नयाँ पिढीँलाई संस्कृति र संस्कार सिकाउन अपरिहार्य भुमिका निर्वाह गर्ने कुरामा आफु विश्वस्त रहेको उहाँको ठहर छ । बिभिन्न संस्कृति संरक्षणका लागी बेलौरी नगरपालिका बाट हुन सक्ने सहयोगमा आफु प्रतिबद्ध रहेको उहाँको कथन छ ।  नगर प्रमुख चौधरी भन्नुहुन्छ  ” सबै मिलेर यस मेलाको अवलोकन गरि कुशलताका साथ सफल पार्न नगरबासी सबैमा आग्रह समेत गर्नु भयो । ”

यस्तै, कार्यक्रममा बोल्दै पुर्व माननिय सांसद दिवान सिह बिष्ट भन्नुहुन्छ चौधरीहरुको नयाँ बर्ष अर्थात माघी मिलनको सबैमा शुभकामना टकराउन चाहन्छु । साथै सबैले आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न आग्रह गर्नु भयो । यस्तै ” आफुले अघि सारेका अधुरा कार्यहरुलाई पुर्णता दिन जनताले विस्वास दिएर पठाएका मन्त्री माननिय एवम् निर्वाचित प्रदेश संसदहरु संग शिष्ट शैलीमा निबेदन गर्नु भयो । साथै उहाँले माथि सरकार र प्रतिपक्ष बिचको राजनितिक लडाईको कुरा छोडेर यस दक्षिणी क्षेत्रको समस्या र यहाँको बिकाशका लागी सबै एक ठाँउमा उभिनु पर्नेमा बिषेश जोडदिनु भयो  ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट पछिल्लो पटक निर्वाचनमा बिष्टलाई पन्छ्याएकी नेपाल सरकार खानेपानी मन्त्री मगर र बिष्टलाई माघी मेलाको अवसरमा पहिलो पटक एउटै स्टेजमा दाँया र बाँया संगै मिलेर बसेको देख्दा अब दक्षिणी क्षेत्रको बिकाशले नयाँ अध्याय शुरु गरेको केहि यहाँका बिष्लेशकहरुको ठहर छ ।
माघी मेलामा थारू परिकारहरू घाेँघी,सुटही,ढिक्री,अन्डीक भात,बयरकाे अचार,सिन्की,गँगटा,चामलकाे जाँड तथा चामलकाे रक्सी अादी राखिएकाे छ । प्रवेशका लागि भने निशुल्क गरिएकाे छ।
अाज भएकाे उदघाटन कार्यक्रममा बेलाैरीका स्थानिय कलाकारहरूले माघी पर्वमा नाचिने छाेक्रा नाच,मघाैटा नाच तथा मुङ्ग्राैह्वा नाच प्रस्तुत गरेका थिए । शनिवार गायक मनीराम चाैधरी, साेमती चाैधरीकाे प्रस्तुती रहने आयोजकले जनाएको छ । र अाईतबार गायक अमन चाैधरी र ऋतु चाैधरीकाे प्रस्तुती  रहने प्रचार प्रसार समिति संयोजक कृष्ण गम्वाले रेडियो सुदूर सञ्चारलाई जानकारी दिनु भयो । उद्घाटन कार्यक्रमको उद्घोष कृष्ण गम्वा र सुनिता चौधरीले संयुक्त रुपमा गर्नु भएको थियो ।
Facebook Comments
Down to post ads-480-38

Comments are closed.