पुनर्वास जनता र सरस्वती माविको बार्षीकउत्सव सम्पन्न
-धन बहादुर बिक
पुनर्वास १४ पुस ।
दक्षिणी क्षेत्र कै जेठो माध्यामिक विद्यालय श्री पुनर्वास जनता माविको ४२ औ बार्षीकउत्सव तथा अभिभावक दिवश शनिबार बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ ।
विद्यालय का अध्यक्ष चेतराज कापडी को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका का प्रमुख जिवनराज थापा रहनुभएको थियोे भने बिशिस्ट अतिथिमा नगर उप प्रमुख सारदा बिष्ट धामी रहनुभएको थियो । त्यस्तै अतिथिहरूमा वडा नम्बर ६ का अध्यक्ष मनबहादुर गुरूङ , रेडक्रस सोसाइटी पुनर्वासका सभापति बिष्णुभक्त पौडेल , नेपाली कांग्रेस का तोया प्रशाद शर्मा , उधोग बाणिज्य संघका कृष्णबहादुर तामाङ , समाजसेवी पदमबहादुर थापा , पार्वती दुलाल , सोमराज बराल लगायत रहेका थिए ।
कार्यक्रममा विद्यालयका प्रअ मान बहादुर तामाङले आर्थिक बर्ष ० ७४र०७५ को १ करोड ८४ लाख ८७ हजार ८९६ रूपैया बराबरको आयव्यय प्रशतुत गर्नुभएको थियो ।
त्यस्तै विद्यालयका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उदेश्यले विभिन्न शिक्षा प्रेमि हरूले स्थापना गरेको अक्षयकोष को बैंक ब्याज रकम बाट ११ जना जेहेन्दार तथा विपन्न बिध्यार्थि हरूलाई नगद रकम र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय का प्रअ मानबहादुर तामाङले दिएको जानकारी अनुसार स्वर्गीय लक्ष्मण गुरूङले स्थापना गरेको १० हजार पाँच सय रकमको नरधन स्मृति अक्षयकोष त्यस्तै भरतकुमार बस्नेत ले स्थापना गरेको २० हजार को अक्षयकोष , त्यस्तै जनक प्रशाद उपाध्याय ले स्थापना गरेको जनक अक्षयकोष अन्तर्गत ५० हजार रकमको ब्याज बाट बिध्यार्थिहरूलाई पुरस्कृत गरिएको हो ।
पुनर्वासको स्थापनाकालमा पुनर्वासी जनता द्वारा चन्दा संकलन गरि स्थापना गरिएको जनता माविमा अध्ययन गरि डाक्टर ईन्जिनियर सम्म बन्न सफल भईसकेको स्मरण गराउदै कार्यक्रमका प्रमुख अतिथि तथा पुनर्वास नगरपालिका प्रमुख जिवनराज थापाले पुनर्वासको शैक्षिक अव्यवस्था लाई कसरी व्यवस्थित गर्न सकिन्छ पुनर्वास का जिम्मेवार नागरिक हरूले चिन्तन गर्ने बेला आएको बताए । खस्कदै गईरहेको सामुदायिक शिक्षा मा सुधार ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक हरूले ईमानदारी पुर्वक जिम्मेवारी बहन गर्नुपर्ने थापाले बताउनुभयो ।
कार्यक्रममा विबिध खेल प्रतियोगितामा प्रथम द्वितीय तित्तिय हुने विध्यार्थिलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियोे । विध्यालयका सहायक प्रअ माधव प्रशाद पोख्रेलको स्वागत मन्त्व्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन शिक्षक शंकर बोगटीले गरेथिए ।
यता पुनर्वास नगरपालिका २ मोतीबस्ती स्थित श्री सरस्वती मावि को पनि ४० औ बार्षीक उत्सव तथा अभिभावक दिवश बिबिध कार्यक्रम का साथ सम्पन्न गरिएको छ विद्यालयका अध्यक्ष तारादत्त पनेरू को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ७ का माननीय तथा नेकपा का प्रमुख सचेतक तारालामा तामाङ रहनुभएको थियोे । कार्यक्रममा बिशिस्ट अतिथि नगर उप प्रमुख सारदा बिष्ट धामी रहनुभएको थियोे भने विभिन्न राजनीति पार्टी प्रतिनिधि समाजसेवी अभिभावक हरू कार्यक्रमका अतिथि हरू रहेका थिए ।
विद्यालयका प्रअ भिम लामाले आर्थिक बर्ष ०७४र०७५ माग मसान्तसम्म २७ लाख २२ हजार ७२६ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेथिए । बार्षिकउत्सव का अवसरमा बिबिध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत मन्त्व्य शिक्षक महाविर चन्दले गरेका थिए ।
Comments are closed.