भानु युवा क्लबद्वारा विद्यालयलाई न्यानो स्वीटर बितरण
क्लबले फूटबल प्रतियोगिता मात्र हैन समाजसेवा पनि गर्छ : सचिव टेक थापा
जुद्ध चौधरी
पुनर्वास, ११ पौष ।
जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासको एक युवा क्लबले साना बालबालिकाका लागि न्यानो स्वीटर बितरण गरेको छ ।
पुनर्वास नगरपालिका–५ भानुबस्ती ग गाउँ स्थित भानु युवा क्लबले पुनर्वासका तीन वटा स्थानीय विद्यालयका साना बालबालिकाहरुका लागि न्यानो स्वीटर बितरण गरेको हो ।
पुनर्वास नगरपालिका स्थित मदन आश्रित आधारभूत विद्यालय, चन्द्रबाल आधारभूत विद्यालय र गौरीशंकर माध्यमिक विद्यालयका बालबालिकाहरुलाई दुई सय दश थान न्यानो स्वीटर बितरण गरिएको क्लबका अध्यक्ष पदमबहादुर पुजाराले जानकारी दिए ।
जाडो समयमा साना बालबालिकालाई पढाइ लेखाईमा समस्या हुने र चिसोले बालवालिकाको स्वास्थ्यमा सजिलै नकरात्मक प्रभाव पर्ने हुँदा न्यानो स्वीटर वितरण गरिएको क्लबका सचिव टेकबहादुर थापाले बताए । ‘बैदेशिक रोजगारीका लागि बिदेशिएका क्लबका सहकर्मीहरुले आर्थिक सहयोग जुटाइदिएपछि खेलमात्र खेल्दै र खेलाउँदै आएको क्लबले यतिखेर सामाजिक पाटोमा आफ्नो राम्रो दख्खल देखाएको छ ।’ उनले भने– ‘युवा क्लबले फूटबल प्रतियोगिता मात्र नभएर समाजमा ब्याप्त कूरीति, विकृति र विसंगतीको विरुद्धमा रहेर समाजसेवा पनि गर्न सकिनेरहेछ ।’
न्यानो स्वीटर वितरण कार्यक्रमलाई सफल बनाउँने सहयोगी मन र हातहरुमा बैदेशिक रोजगारीका लागि गएका पोर्चुगलबाट नारायण पुजारा, कोरियाबाट जीतेन्द्र थापा ‘जितु’, कोरियाबाट रमेश थापा र कोरियाबाटै गोविन्द क्षेत्री रहेका छन् । उनीहरुले जनही पन्ध्र हजारका दरले ६० हजार रूपैँया आर्थिक सहयोग गरेको क्लबले जनाएको छ ।
पोर्चुगलबाट नारायण पुजारा
कोरियाबाट जीतेन्द्र थापा ‘जितु’
कोरियाबाट रमेश थापा
कोरियाबाट गोविन्द क्षेत्री
पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रमलाई सफल बनाउँने सहयोगी मन र हातहरुलाई यतिखेर पुनर्वास र आसपासका क्षेत्रमा बसोबास गर्ने जनसमुदायहरुले खुलेरै प्रशंसा गरेका छन् ।
Comments are closed.