छरिएर रहेका सहकारीलाई मर्ज गरे बिकासमा टेवा : मेयर थापा

हेल्लो समाचारदाता

पुनर्वास २२ मंसिर
एकै उदेश्य सँग सम्बन्धित छरिएर रहेका सहकारी लाई मर्ज गर्न सकिए मात्र सहकारी को विकास मा टेवा पुग्ने शनिबार पुनर्वास मा अायोजित एक सहकारीको साधारणसभा पुनर्वास नगरपालिका का मेयर जिवनराज थापाले बताए ।

पुनर्वास नगरपालिका ८ पृथ्वीबस्ति स्थित श्री पराशन बहुमुखी सहकारी संस्था लिमिटेडको १७ अौ बार्षिक साधारणसभा को अवसरमा नगर प्रमुख थापाले सो कुरा बताए ।
पुनर्वास मा केही बर्षयता एउटै बिषय र उदेश्य का थुप्रै सहकारी हरू जन्मिदैं गएका र कुनैपनि सहकारी ले उपलब्धिमूलक उदेश्य पूरा गर्न नसकेको ले अब एउटै बिषय र उदेश्य का सहकारी लाई मर्ज गरिनुपर्ने कुरामा जोड दिए ।
स्थानीय सर्वसाधारण कृषक र सानातिना व्यवसायी को अार्थिक पक्षलाई माथि उठाउन बहुउद्देश्यीय सहित जन्मिएका सहकारी ले निक्षेप संकलन र ऋण लगानी भन्दा अरू केही गर्न नसकेको समेत वहाले बताए ।
अब एउटै उदेश्य र बिषयमा जन्मिएका सहकारी लाई छिट्टै मर्ज गर्ने उदेश्य सहित नगरमा सहकारी एेन बन्ने र कृषि संग सम्बन्धित उदेश्य संग सम्बन्धित सहकारी बाट संयुक्तरूपमा योजना अाएमा नगरबाट बार्षिक २० लाख रकम सम्म अनुदान सहयोग गर्न सकिने पनि बताए ।
सामुहिक तरकारी खेति, फलफूल खेति ,अाधुनिक खाद्यान्न खेति यसका उदेश्य हुनसक्छन् मेयर थापाले बताए ।
यो संगै पुनर्वास मा भित्रिएका लघुवित्त बैंक का क्रियाकलाप प्रति नगरपालिकाको ध्यानाकर्षण भएको नगरप्मुख थापाले बताए, लघुवित्त बैंकले सर्वसाधारणको अार्थिक माथि उठाउने भन्दापनि झनझन खस्काउने गरेको उनले बताए ।
३ सय ८० जना सेयर सदस्य रहेको पराशन बहुमुखी सहकारी को साधारणसभा मा संस्था का व्यवस्थापक बुद्धि बहादुर कटवालले अार्थिक बर्ष ०७४ साउन १ गतेदेखि ०७५ असार ३२ सम्मको कुल दुई करोड ३२ लाख ३२ हजार ६ सय २९ रूपैया बराबरको अायव्यय प्रश्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष शालिग्राम शर्माको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगर प्रमुख जिवनराज थापा रहेका थिए भने बिशिस्ट अतिथिमा बहुउद्देश्यीय संघ कञ्चनपुर का उपाध्यक्ष दानबहादुर रावल रहेका थिए । विभिन्न सहकारी का अध्यक्ष तथा पदाधिकारी , संघ संस्था का प्रतिनिधि लगायत अतिथि रहेका सहकारीको साधारणसभा मा स्वागत मनत्व्य संस्था का उपाध्यक्ष हरिश्चन्द्र उपाध्याय ले गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक बुद्धि बहादुर कटवालले गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.