कमल शिरीष पुजाराको कहाली लाग्दो अधुरो प्रेम (भिडियो सहित)
हेल्लो समाचारदाता
पुनर्वास, ४ असार।
नेपाली लोक संगीतको बजारमा छुट्टै पहिचान बनाउन सफल गायक कमल शिरीष पुजाराको ‘अधुरो प्रेम’ लोक दोहोरी गीत बजारमा आएको छ । आइतबार मात्र युट्युव च्यानल मार्फत गीत बजारमा आएको अधुरो प्रेम गीतले श्रोताको वाह् वाही पाएको हो । रामु खड्काको लय तथा कमल शिरीष पुजाराको शब्द रहेको उक्त लोकगीतमा कमल शिरीष पुजारा र कल्पना बिसीको स्वर रहेको छ ।
सूसेली म्यूजिक प्रालीको प्रस्तुती रहेको उक्त गीतमा नबिन बिरही श्रेष्ठ र सूनिता नगरकोटीले उत्कृष्ट अभिनय गरेका छन भने निर्देशन नबिन बिरही श्रेष्ठले गरेका छन । बिनोद बाजूरालीको एरेन्ज रहेको उक्त गितमा चेतन सागरले म्युजिक भिडियोको सम्पादन गरेका छन भने म्युजिक नेपालको युट्युव च्यानल मार्फत बजारमा प्रस्तुत गरिएको छ । भिडियोको कुशल छायांकन सूरज खनालले गरेका हुन ।
गायक पुजाराले आम श्रोता र दर्शकहरुबाट सुझाव सल्लाहको समेत अपेक्षा गरेका छन । गीतप्रतिको प्रतिक्रिया सामाजिक सञ्जालमा निकै सकारात्मक पाइएको छ ।
(हेर्नुहोस म्युजिक भिडियो)
Comments are closed.