पूरा भएनन् निजि श्रोतका शिक्षकका माग, फेरि दवाव दिदै सरोकारवालालाई

– हरिलाल जोशी
बेलौरी, २ फागुन ÷ 
विभिन्न ६ बुदे माग सहित एक्काईस दिने अल्टिमेटम दिएका बेलौरी नगरपालिका अन्तर्गतका निजि श्रोतमा कार्यरत शिक्षकहरुका मागको सुनुवाई हुन सकेको छैनन् ।
निजि श्रोतमा कार्यरत शिक्षकहरुले नेपाल सरकारले तोकेको तहगत तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतकमा ६ बुदे माग राख्दै गत माघ ६ गते बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीलाई २१ दिने अल्टिमेटम दिएका थिए । तर, अल्टिमेटम दिएको अवधि सकिएपनि आफना मागको कुनै सुनुवाई नभएको निजि श्रोतमा कार्यरत शिक्षकहरुको गुनासो छ ।
निजि श्रोत संघर्स समितिका अध्यक्ष महेश बोहराले नगरपालिकाले मागको सुनुवाई गर्न चासो नदेखाएको गुनासो गरे । ‘रिक्त दरबन्दी वा अनुदानमा निजी शिक्षकहरुलाई पहिलो प्राथमिकता अनुसार स्वतः समायोजन गर्नुपर्ने, पेशागत ग्यारेन्टीको सुनिश्तता हुनुपर्ने, शिक्षकहरुको लगत राख्ने व्यवस्था मिलाइदिनु पर्ने, नगर स्तरीय शिक्षा समितिमा निजी शिक्षकहरुलाई पनि अनिवार्य प्रतिनिधित्व गराउने र विस्थापित शिक्षकहरुलाई विभिन्न स्थानिय निकायमा समायोजन गर्नुपर्ने लगायतका माग गर्दै अल्टिमेट दिएको एक महिना पुग्न लाग्यो ।’ अध्यक्ष बोहराले भने ‘तर नगरपालिकाले हाम्रा मागप्रति कुनै चासो दिए ।’
सामुदायिक बिद्यालयमा वर्षौदेखि निजि श्रोतबाट सेवा दिदै आएका शिक्षकहरूलाई सरकारले उचित व्यवस्था नगरिदिदा निजि श्रोतका शिक्षकहरू निकै समस्यामा छन् ।
उनीहरुले बेला बेलामा आफना मागको सुनुवाई गरिदिन आग्रह गर्दै आएका छन् । अल्टिमेटम दिएको २१ दिन पुगेको अवसरमा बुधवार निजि श्रोतमा कार्यरत शिक्षकहरुले नगर प्रमुख चौधरीसग माग पुरा गरिदिन फेरि आग्रह गरे । तर, नगर प्रमुख चौधरीले भने माग सुनुवाई गर्न नसक्ने बताए । चौधरीले स्थानीय तहले सबै मागहरू सम्बोधन गर्न सक्ने अवस्था नरहेकाले प्रदेश र केन्द्र सरकार गठनपछी यस बारेमा दबाब दिनुपर्ने बताए ।
उनले नगरपालिका भित्र रहेका निजि श्रोत शिक्षकहरुको अभिलेखिकरण गर्न सम्बन्धित मातहतका कर्मचारीलाई निर्देशन दिएको र निजि श्रोतका शिक्षकहरुका मागहरुप्रति नगर शिक्षा समिति गठन भएपनी संबिधानसंग नबाझिने गरि नीति तय गरेर मात्रै काम कार्वाही अगाडि बढाउने आश्वासन दिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.