यो तीजमा “नाचेरै कम्मर भाँचिन्छ” बजारमा

हरिश चन्द्र बाग,

कञ्चनपुर, २६ साउन ।

सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई पछिल्लो समयमा दर्शक र स्रोता माँझ निकै लोकप्रियता कमाउन सफल सर्जकका रुपमा चिनिने व्यक्ति मध्ये तेजेन्द्र विवश रावल पनि एक हुन् ।

प्रदेश नं. ७ सूदुरपश्चिमको डडेल्धुरा जिल्लामा जन्मनु भएका सर्जक तेजेन्द्र विवश रावलले ‘सररर हावा चल्दै छ’ र ‘झनै पीर थप्यो दशँैले’ गीतबाट आफ्नो सांगितिक यात्रा सुरु गरेका थिए ।

त्यस्तै, देउडा संस्कृतिलाई दर्शाउने उद्देश्यले रचना गरिएको ‘बिहे गरौँ सुवा’ देउडा गीत पनि बजारमा चर्चित र लोकप्रिय बन्यो । त्यसैगरी ‘तिम्रो रुपले के गर्यो गर्यो’, ‘हे मेरी मन की परी’ लगायतका गीतहरुले पनि रावललाई थप हौसला दिएका छन् । प्रवाश मलेसियामा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रलाई अगाडी बढाउने क्रममा निरन्तर लागिपरेका छन् सर्जक रावल ।

त्यसै गरी संगीत क्षेत्रमा नवोदित अर्काे नाम हो भद्र ओली । एक पछि अर्को सफलता संगै थुप्रै गीतहरुमा संगीत र गायनकला मार्फत लोकप्रियता कमाएका ओलीको पनि बजारमा उत्तिकै चर्चा छ ।

बर्दिया स्थायी बसोबास भएका चर्चित गायक भद्र ओलीको आफ्नै शब्द, संगित र स्वरमा रहेको “जसलाई मैले मन पराउँछु” बोलको गीत बजारमा चर्चित बन्यो । त्यस्तै “म मरेर के भो”, “टुक्रा टुक्रा भएको मुटु”, “हुँदैछ र तिम्रो विहे”, “सम्झी सम्झी ती दिनहरु”, “हान छुरा यो छातीमा”, “जाउ प्रिया जाउ”, लगायतका गीतसंगीत स्रोता र दर्शक माँझ त्यत्तिकै लोकप्रिय छन् ।

पछिल्लो सयम उनै दुई जनाको जोडीले दर्शक अनि स्रोताको मन जितेको छ । अहिले हिन्दु नारीको विशेष पर्व हरितालिका तीज नजिकिदैँ गर्दा फेरि सर्जकद्वय रावल र ओली दुबै जनाको चर्चा बजारमा चुलिएको छ ।

उहाँहरु तीज गीत ल्याएर बजारमा आउनु भएको छ । गायिका सम्झना गुरुङको प्रस्तुति रहेको “नाचेरै कम्मर भाँचिन्छ” नामको तीज गीतमा तेजेन्द्र विवश रावलको उत्कृष्ट शब्द सृजना रहेको छ भने उनै चर्चित संगीतकार तथा गायक भद्र ओलीको संगीत रहेको छ । जसमा भद्र ओली र सम्झना गुरुङको सुमधुर आवाज रहेको छ ।

जुन गीत मेशना डिजिटल प्रा.लि.ले बजारमा ल्याएको छ । जसमा एकिन्द्र सारा शंकरको निर्देशन रहेको छ भने चन्दा दहाल र दिपक बि.सि.को अभिनय रहेको सर्जक तेजेन्द्र विवश रावलको भनाइ छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.