डाक्टरले सोचे १० वटा बच्चा, तर महिलाको पेटमा भेटियो ३२ किलोको ट्युमर

ती महिला जब अस्पताल भर्ना भएकी थिइन् तब डाक्टरदेखि लिएर नर्ससम्म सबै हैरान थिए । उनको पेट देख्दा सबैले ठाने कि उनको पेटमा कम्तीमा पनि १० वटा बच्चा छन् । तर जब उनको पेटको अल्ट्रासाउण्ड गरेर रिपोर्ट हेरियो तब सबै झसंगै भए । यो घटना ग्वाटेमाला भन्ने देशको हो ।
ती महिलाको पेटमा बच्चा होइन भयंकर ट्युमर पलाइरहेको थियो । त्यो पनि सानो कहाँ हो र ? पूरै ३२ किलो तौलको रहेछ ।
यो भन्दा अर्को अनौठो कुरा त के भने ती महिलालाई यसबारेमा ७ वर्षअघि नै थाहा रहेछ । तर संस्कृति र परम्पराको नाउँमा उनले आफ्नो रोग लुकाएर बसेकी थिइन् ।
यो फाइब्रोइड ट्युमर पाठेघरको आसपासमा हुन्छ । उपचार पश्चात पनि यो पुनः बढ्ने सम्भावना समेत रहन्छ ।
अन्ततः डाक्टरहरुले ती महिलाको पेटबाट ३२ किलोको ट्युमर शल्यक्रिया गरेर निकाल्न सफल भए ।
खासगरी ३० देखि ५० वर्ष उमेरका महिलामा यस्तो ट्युमरको सम्भावना हुने बताइएको छ । विश्वमा हरेक तीन जनामा एकजना महिलामा यस्तो ट्युमरको समस्या रहेको बताइन्छ ।
एजेन्सी

Facebook Comments
Down to post ads-480-38

Comments are closed.