कपिल शर्मालाई डिप्रेशन छैन, अस्पताल भर्ना हुनुको कारण यस्तो बताए

भारतीय हास्यकलाकार कपिल शर्मालाई डिप्रेशनसँग जुधिरहेको भन्ने खबरले बिगत लामो समयदेखि चर्चा पाइरहेको छ तर अब कपिल आफैंले यसबारे मुख खोलेका छन् । कपिल शर्माले एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा उनको स्वास्ूथ्य खराब हुनुको पछाडि अन्य कारण भएको बताए ।

कपिलका अनुसार उनले उनको नयाँ फिल्म फिरंगीको सुटिङका बेला सक्नेभन्दा बढि काम गरेको र यतिबेला आफ्नो स्वास्थ्यमा केही ध्यान नदिएको बताए । लगातार काम गरेकाले आफ्नो रक्तचापमा कमी हुने समस्या देखिन थालेकाले पटक पटक अस्पताल भर्ना गर्नुपरेको उनले बताए ।

कपिलको सेटबाट थुप्रै स्टार सुटिङ नै नगरी फर्कनुपरेको विषयमा पनि उनले कुराकानी गरेका छन् । कपिलका अनुसार उक्त खबर निराधार हो, अहिलेसम्म कुनै पनि स्टार सुटिङ नै नगरी फर्कनु परेको छैन । उनले आफ्नो साथी र परिवारलाई उनको कठिन समयमा साथ दिएकोमा धन्यबाद पनि दिएका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.