‘बेहद’की ‘माया’को पारिश्रमिक, एक भागको १ लाख

जेनिफर विंगेट अहिले टेलिभिजन दुनियाँकी सर्वाधिक चर्चित कलाकार हुन् । सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित सिरियल ‘बेहद’मा उनले गरेको नकारात्मक भूमिकाको फ्यान अहिले हरेक घर-घरमा छन् । ‘माया’ नाममा उनले निर्वाहा गरेको भूमिकाले हजारौलाई फ्यान बनाएको छ ।

जेनिफर यो सिरियलमा काम गरेर चर्चित मात्र छैनन्, राम्रै रकम पनि आम्दानी गरिरहेकी छिन् । भारतीय मिडियाका अनुसार जेनिफरले यो सिरियलमा काम गरेको एक एपिसोडको १ लाख पारिश्रमिक लिने गर्छिन् । हप्तामा यो सिरियल ५ दिन प्रशारण हुन्छ । यसरी हेर्दा उनले महिनामा २० लाख पारिश्रमिक यही सिरियलबाट मात्र लिदै आएकी छिन् ।

 

जेनिफरको लोकपि्रयतालाई मध्यनजर राख्दै यो शोका निर्माताले उनलाई अर्को एक शोमा पनि काम गराउने तयारी थालेका छन् । जेनिफर बलिउड अभिनेता करण ग्रोवरकी पूर्व श्रीमति हुन्, जोसँग डिभोर्स भएपछि करणले विपाशा वासुसँग बिहे गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.