गौतम बुद्ध पनि एक उच्चतम बिन्दू हो ।

ब्रहमाण्डमा दुःख छ र दुःखलाई पराजित गर्न सके शान्ति हत्याउन सकिन्छ भन्ने ज्ञानका प्रबर्तक तथा शान्तिका अग्रदूत गौतम बुद्धको जयन्ती वैशाख पूर्णिमाका दिन विश्वभर मनाउने प्रचलन छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र मरण वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछ । मानिस किन रोगी हुन्छ ? किन बुढो हुन्छ ? के कारणले मर्छ ? भन्ने सांसारिक दुःखको कारण खोज्दै सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक बृक्ष मुनि अधिष्ठानपूर्वक तपश्याका क्रममा वुद्धलाई सम्यक सम्वोधि अर्थात महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरुमा उनले त्यहि महाज्ञानलाई बाँडे र संसारभर भगवान् वुद्ध भनि कहलिए । अन्तरजगतका कुशल चिकित्सक तथा बाहृय जगतका कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए र ती ‘विनय’, ‘सुत्त’ र ‘अभिधम्म’ पिटक आदि पुस्तकमा संग्रहित छन् । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् । यो नेपालको लागि निकै गौरवशाली इतिहास हो ।
विश्वको मान चित्रमा नेपाल शून्यमा हराएको विन्दूझैं सानो छ तर यी विन्दुभित्र समाहित भएका अनेकौ भीमकायाहरुमध्ये गौतम बुद्ध पनि एक उच्चतम बिन्दू हो । संसारमा निकै सुप्रशिद्धि कमाएका गौतम बुद्ध तथाकथित आफ्नैहरुबाटै दुत्कारिएको छ । बिदेशी संस्कृति र संस्कारमा रमाउँनेहरु आफ्नाको महत्वलाई बिर्सिदिंदा आफ्नोपनको अभावले आफ्नो भएरपनि पराइ झंै लाग्न थालेको छ । हामीलाई भलिभाति थाहा भएकै कुरा हो, ब्रहमाण्डमा थुप्रै खाले धर्म पालना गर्ने मानिसहरू रहेका छन् । धर्म भनेको कुनै पनि प्राणिको स्वभाविक गुण हो । मानव युग र मानव संस्कृतीको विकास र स्तरोन्तिसँगै धर्मको अर्थ र परिभाषामा ब्यक्ति र समाज अनुसार भिन्न–भिन्न मत पाइन्छ । कुनै पनि मानिसको धर्म उसको आफ्नो भावना हो । ब्यक्तिको थातथलो र बाताबरण अनुसार धर्ममा बिबिधता आउनु स्वभाविक प्रकृया पनि हो । तर आफ्नो र पराइको भिन्नताको अभावमा आफ्नोलाई पराइ र पराईलाई आफ्नो मान्ने परिपाटी आफ्नो निजस्व बढार्ने कर्तूत मात्रै हो । त्यसैले आफ्नो सस्कार, संस्कृति, भेषभुषा, भाषाको जगेर्ना गर्नु नै आफ्नो पहिचानलाई अक्षुण राख्नु हो ।
धर्मको मूल आशय नै आत्मिक सन्तुष्टी, शुद्धिकरण र शान्ति नै हो, परन्तु आजको परिप्रेक्ष्यमा धर्मालम्बीहरूका निम्ति आत्मिक सन्तुष्टि, शुद्धिकरण र शान्तिको अर्थ अपूर्ण र अपभ्रंशमात्रै बन्दै गएको छ । जताततै धार्मिक अतिवादले घर बनाउन थालिसकेको छ । धर्मको नाममै थुप्रै अधर्म कृयाकलापहरु एकपछि अर्काे गरेर टुसाइरहेका छन् । इतिहास साँची छ अहिलेसम्मको इतिहासमा धर्मको नाममा जति रक्तपात, हिंसा र युद्ध भए अरु कुनै पनि विषय र प्रसङ्गमा भएको छैन । धर्मको नाममा अन्धाधुन्दा पिछलग्गू हुने आचरणगत विशेषताले नै धर्मको नाममा चौतर्फी बिषाक्तता भरिदिएको छ । के धार्मिक, के अधार्मिक ? भनेर अलिकति पनि आत्म समीक्षा गर्नतर्फ किन घोत्लिनन् ? आफ्ना मतका सबै धार्मिक र फरक मतका सबै अधार्मिक भन्ने रुग्ण मान्यताकै उपज हो यो अहिलेकोे अवस्था । अरूका धर्मलाई सुन्ने, पढ्ने, मनन गर्ने धैर्यता समेत हामी सबैले गुमाउँदै गएका छौं । तसर्थ हामी जहाँ छौं, एकपटक त्यहीँ थामिएर सोचौं । विभाजित मनले आम धर्मालम्बीहरुलाई पनि बिभाजन नै गर्छ; यसले साँघुरो घेराको धर्मलाई मलजल गर्छ, समाजलाई सहमतिविमुख बनाई असहिष्णुतर्पm धकेल्छ । त्यसैले आफ्नोलाई माया र पराइलाई आदार गर्ने सद्बुद्धि यो २५५८ औं बुद्धजयन्तीले प्रदान गर्न सकोस्

Facebook Comments
Down to post ads-480-38

Comments are closed.