मध्यरातमा घर जल्दा एकै परिवारका तीन बालवालिकाको मृत्यु

११ बैशाख, नेपालगञ्ज ।

बाँकेको डडुवा गाउँपालिका १, पुडुवा गाउँमा मध्यरातमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालवालिकाको मृत्यु भएको छ ।

आइतबार राति साढे ११ बजे दुलारी मुराउको घरबाट शुरु भएको आगो नियन्त्रण हुनुअघि नै मुन्सी मुराउका तीन सन्तानको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा ६ वर्षीय पवन मुराउ, ८ वर्षीय रामजी मुराउ र १० वर्षीया सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकाराी रविलाल पन्थले जानकारी दिए ।

राति खाना खाएपछि बच्चालाई घरमा सुताएर बाबुआमा खलियानमा गहुँ दाउन गएका बेला यस्तो दुःखद घटना भएको हो ।

आगलागीको कारण खुलेको छैन । आगलागीबाट टोलका ८ वटा कच्ची घर नष्ट भएका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.