कार्यकर्ता भएर हैन, इमान्दार जनता भएर भोट दिउँ

नेपाल हो घर हाम्रो, सगरमाथा धुरी । ज्यानको माया मानापाथी देशको माया मुरी । नेपालले के दियो भन्नु भन्दा पनि हामीले नेपाललाई के दियौं भन्नु पर्ने बेला आएको छ । अब नेता हैन जनता आफै पनि जागरुक हुने बेला आएको छ । चीनले उत्तरी पाटो हाम्रो हो भन्दै छ । भारतले गौतम बुद्ध हाम्रो हो भन्न छोडेको छैन । देशका बिभिन्न भू–भागहरु अतिक्रमणको चपेटामा पर्दै आएका छन् । नेपाल नै धराप पर्ने अवस्थामा राजनैतिक खिचातानीका घटनाहरुले जनताको मनोभावनामा ठूलो चोट पु¥याएको छ । तर बेखबर छन् यी ठुलेहरु जनताका चाहनाप्रति । बुझेर पनि बुझ पेलेकै छन् यी बुझक्कड ठूलेहरु हाम्रा मनोकांक्षप्रति ।
यी भाषण भीषण, चुनाबी आस लाग्दो उल्लासमय बाताबरण, चर्काे नारा, एउटा आदर्श राजनीतिको दस्ताबेज अनि सत्ता संघर्षबाट सरकार बनेका र ढलेका अनेकौँ पदासिन र पदस्थका घटनाहरुमा हामी भुक्तभोगी भएको कुरा इतिहास साँची छ । इतिहासको कालो पन्नामा फगत सरकार गठन–विघटनको संघर्षले यो आधाभन्दा बढी जसो नै स्वर्णीम सताब्दी अजिङ्गरले आहार निले झै सल्सल्ती निल्यो । कयौं वर्षदेखि चलेको निर्वाचन र आन्दोलन समयावधिभर जनतासँग सामिप्यता गाँसेर मीठो आश्वासन बाड्दै हिड्ने र आफू सत्तासिन भएपछि बिरानो ब्यबहार गर्ने राजनैतिक विशेषता नै बनेको छ । जनताको कोमलो भावनासँग पटक–पटक राजनैतिक दलहरुले खेल्ने यो मिथ्याचारी कुत्सित ब्यबहारको उपज नैे पिढीदर पिढी यो राजनैतिक आस्था घटेको छ । तर पनि हामी कुनै न कुनै पाटीको अन्धभक्त बनेर पिछलग्गू भएकै छौं, किन ? सामाजिक न्याय, आर्थिक समृद्धि, विभेदको अन्त्य र समृद्ध राष्ट्र आम जनताको चाहाना हो । जब–जब जटिल घडीको सृजना भयो तब–तब राजनीतिक दलहरू विनम्रताको हराभरा खेती जनताको कमलो मनमुटुमा रोपेर भोलिको सुन्दर फसलको सपनाहरू बुनाउन अह्राएको छ । तर यथार्थमा सत्तासिनहरुने कदाचित आफ्ना वचनलाई चरितार्थ गरेनन् । जनताप्रति यी राजनैतिक दलहरु हेक्का भएसम्म किमार्थ सदासयी भएनन् र जे भने त्यो पूर्ण गरेनन् । सत्तासिन भएपछि न आफ्ना कथित सिद्धान्तमा निश्चल रहन सके, न त निर्वाचन घडीमा बाडेका मीठा सपनाहरुलाई नै मथिङ्गलमा जोड दिए । यस्तै–यस्तै बिरोधाभाष र अपबादका कृत्यहरुकै आधिक्यताको कारण तिनमा आर्थिक, नैतिक र राजनैतिक शुद्धता देखिको छैन । तर पनि हामी अन्धभक्त बनेर पिछलग्गू हुन छोडेका छैनौं, किन ?
किन भने हामीलाई राजनीतिक संरक्षण चाहिन्छ । राजनैतिक संरक्षण बिना कुनै पनि कार्य असम्भब जस्तै लाग्न थालेको छ । यस्तो लाग्नु बैमानीप्रति विश्वास बढ्नु र इमान्दारिताप्रति विश्वास घट्नु नै हो । हामी स्वयं नै इमान्दार छैनौं भने बैमानीहरुको पिछ्लग्गू हुनु बाहेक अर्काे कुनै बिकल्प पनि त छैन । त्यसैले आफ्नो शक्ति र सामथ्र्यमा विश्वास गरौं न कि राजनीतिक संरक्षणमा । राम्रो गर्नेहरुलाई सलाम गर्नै पर्छ चाहे ऊ परम शत्रु नै किन नहोस् । गलत गर्नेहरुलाई आलोचना गर्नै पर्छ चाहे ऊ आफ्नै मित्र नै किन नहोस् । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचन जनतालाई अधिकारसम्पन्न बनाएर विकास निर्माणमा सक्रिय सहभागी गराउने यो अवसरलाई नेपाली जनताले बढी भन्दा बढी सदुपयोग गर्न सकुन् । कार्यकर्ता भएर हैन, एक इमान्दार जनता भएर भोट दिन सकुन् । यहि छ कामना !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.