‘ह्याप्पी डेज’ टिजर रिलिज, बेलायतमा दया र संजयको प्रेममा प्रियंका
मंसिर १५ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ह्याप्पी डेज’को टिजर सार्वजनिक भएको छ । बेलायतका निकै रमणिय स्थानमा खिचिएको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका छ ।
चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । सार्वजनिक भएको टिजरमा बेलायतको रमणिय दृश्यमा चलचित्रका मुख्य कलाकारको प्रेम देखाइएको छ । टिजरले प्रियंका, दया र संजयमध्ये कसकी हुन् भन्ने रहस्य समेत छाडेको छ ।
ताराप्रकाश लिम्बु, राजनराज सिवाकोटीको संगीत, मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन यो चलचित्रमा छ ।
Comments are closed.