भ्रष्टाचार बढेको भन्दै उपेन्द्रले गरे प्रचण्ड सरकारको विकल्पको संकेत (भिडियोसहित)
काठमाडौं, १२ चैत्र ।नेसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको बताएका छन् ।
यसको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याउँदै संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले प्रचण्ड नेतृत्वको सरकारको विकल्पको संकेत गरेका छन ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने– मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ ।’
एमालेसँगको नजिकिदो सम्बन्ध र सरकार परिवर्तनको संम्भावनाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा यादवले त्यस्तो बताएका हुन । उनले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।
यादवले मुलुकमा बेथिती बढेको र एनसेलसँग अर्बो लाभकर उठाउन नसकेको र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडाैं पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाए ।
एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भने, ‘यो ठूलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याईहाले, अब कसले छानविन गर्छ ? मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ ।’
हेर्नुहोस् भिडियो
Comments are closed.