‘मन पराएकालाई स्विकार्न सजिलो छ, हाँसी हाँसी बिदा गर्न पो हिम्मत चाहिन्छ’
शर्मिला पाण्डेको निर्माणमा तयार भएको चलचित्र ‘लभ लभ लभ’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । निर्मात्री पाण्डे अहिले चलचित्रको ट्रेलर, गीतले राम्रो चर्चा पाएपछि उत्साहित छिन् । उनले भनिन्–‘हामीले जुन सोच अनुसार चलचित्र बनाएका थियौ, दर्शकले पनि यसको गीत र ट्रेलरमा सोहि अनुसारको उत्साहा देखाउनु भएको छ । यसले, मलाई अझ उत्साहा थपेको छ ।’
चर्चित निर्देशक दीपेन्द्र के खनालले ‘लभ लभ लभ’लाई साधारण यूवा र एक यूवतीको प्रेमको कथा भनेका छन् । ‘पशुपति प्रसाद’ निर्देशन गरेपछि एकाएक नेपाली चलचित्र क्षेत्रमा चर्चित बनेका दीपेन्द्रले यसमा प्रेमको परिभाषा बदल्ने कथा समावेश गरेको बताए ।
चलचित्रमा नायिका स्वस्तिमा खड्का र नव–नायक सुरज पाण्डेको मुख्य भूमिका छ । सार्वजनिक भएको करिब एक महिनामा यो चलचित्रको ट्रेलर ७ लाख पटक हेरिएको छ । यसलाई उत्साहजनक मान्नुपर्छ । ‘मन पराएकालाई स्विकार्न सजिलो छ, हाँसी हाँसी बिदा गर्न पो हिम्मत चाहिन्छ’ भन्ने संवाद अहिले चर्चित छ ।
Comments are closed.