पुनर्वासकी दियाको ‘तिम्रै नाम’ युटुवमा

सांगीतिक क्षेत्रमा पाइला टेक्दै गरेकी पुनर्वासकी दिया पोखरेलले आफ्नो पहिलो म्युजिक भिडियो ‘तिम्रै नाम’ युटुव मार्फत सार्वजनिक गरेकी छन् ।

आधुनिक एल्बम ‘मधुर’मा समेटिएको उक्त गीतमा दियालार्ई मनोजराज सिवाकोटीले स्वरमा साथ दिएका छन् । सिल्पा पोखरेल र पुष्प खड्काले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन जिबी आग्रीले गरेका छन् । काठमाडौंस्थित राग भिजन मल्टिमुभिज प्रालिको व्यानरमा निर्माण भएको भिडियोको निर्माता विष्णु लामिछाने हुन् । माया प्रेममा आधारित म्युजिक भिडियोमा शब्द मनोजराज सिवाकोटीको छ भने संगीत सुभाष भुसालले दिएका छन् ।

आधुनिक एल्बम ‘मधुर’मा ‘तिमी पनि त पराई भयौ’ र ‘लर्के जोवन’ बोलको गीत पनि समेटिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थायी घर भएकी दिया पोखरेल काठमाडौंमै बसेर संगीत पनि सिक्दै छिन् ।

Facebook Comments
ads-480-38

Comments are closed.