सीमा सुरक्षा गर्न पुनर्वासीले आन्दोलन नै गर्नुपर्छ

हेमन्त न्यौपाने 

कुनैपनि देश को राजनैतिक अवस्था अस्थिर भैरहेको अवस्था छ भने छिमेकी मुलुकले गिद्दे नजर गाड्नु स्वाभाविक कुरा हो। तेसैमा देशभित्र कै ब्वाँसाहरुले देशको बिकास र सुरक्षा गर्ने जिम्मा लिएका ती राष्ट्रघाती नेताहरु नै जुन आमाको दुध चुसेको छ त्यहीँ आमाको रगत चुस्ने सामन्तीहरुले ती अबसरबादी राष्ट्रहरु संग गएर करोडौंमा आफ्नो प्राण भन्दा प्यारो भुमि बेचिदिन्छन भने यो बुद्धको भुमि नेपालआमा लाई कति पीडाले सताउदो हो।
जुन जोगि आए कानै चिरेका भनेझैं, बाहिर जनतामाझ भारती सामन्ती भारती चलखेल भयो भन्दै कहिले बन्द त कहिले आन्दोलन हडताल गर्ने कैयौं नेपालआमाका सोझा र निस्वार्थ छोराछोरीहरुको बलि दिइन्छ। अनि पछि आफ्नो नितान्त स्वार्थ पूरा भएपछि सकिए सबै नाराहरु अनि त्यहीँ भारतीय गुलाम बन्न जाने नेपालआमाले जन्मदिएकी कुसन्तानहरुले चुसेर बाकी रहेको अवशेष हो यो मुलुक।
अघिल्लो अंकमा प्रकाशित दिनबन्धु अर्याल ज्युसँगको अन्तरबार्ता बाट प्रष्ट हुन्छ कि नेपालआमाले रगतचुस्ने ब्वाँसाहरुलाई मात्र जन्म दिएकी छैनन, अथाह देशप्रेमहुने वीरछोराहरु पनि जन्माएकी छिन। केन्द्रियस्तरबाट नै देशका कुनाकानीमा रहेका प्राकृतिक सम्पदाहरु जंगल,ताल जस्ता देशको महत्त्वपुर्ण सम्पदाहरु मोलमोलाइ गरिन्छ अनि करोडौंमा कुम्ल्याइन्छ। देशको सुरक्षा र बिकास गर्ने कसम खाएकाले यस्तो गरेपछि देशले यस्तै बिपत्तिबाट गुज्रिनुका अलावा कुनै विकल्प हुँदैन।
पदमा बसेका हरु सबै आफू स्वार्थमा मात्रै दौडिरहेको देख्छु म। यिनै कुराको ज्वलन्त उदाहरण हो पुनर्वास नगरपालिका। स्थानीय तथा सिमाछेउमा बस्ने नेपालीहरुले पटकपटक कुरा नउठाएका पनि होइनन्। सिमाको बिषयमा अन्य देशहरुमा ठुलो युद्ध नै परिएहेको हामी प्रष्ट देख्न अनि सुन्न पाइरहेका छौ तर हामी किन चुपचाप छौं त?? पुनर्वास मै बसोबास गर्ने कतिपयलाई यो जानकारी सम्म पनि नहुन सक्छ कि पुनर्वासक्षेत्रको भारतसंग सिमा जोडिएको नमुना सामुदायिक बन संग जोडिएको भारतले हाल आफ्नो भन्दै आएको जंगल अनि भारतीय बजार बसैयाको आधा बजार सम्म नेपालमा पर्छ। मैले सुनेको थिए एक अन्तरबार्तामा स्थानीय नेता तथा बुद्धिजीवी बिष्णु प्रसाद बास्तोलाले भन्नू भएको थियो कि पहिले बसैया बजारको छेउमा थियो पहिले नेपाल भारतको तारबार बिस्तारै सारिदै सारिदै यहाँ सम्म ल्याइसक्यो, अब फेरि कहाँ पुर्याउने हो!! भोलिको दिनमा पुनर्वासक्षेत्र नै भारतको हो नभन्ला भन्न सकिन्न।तेस्को ज्वलन्त उदाहरणहरु हामीमाझ प्रसस्तै छन, जुन लक्ष्मीपुर फाटियाका कतिपय किसानको हातमा लालपुर्जा छ तर जग्गा भारतले आफ्नो भनेर खेती गर्न दिएको छैन।


बिगत एक महिना अघिसम्म गुगुल स्याट्लाइटबाट नेपालको सिमा भित्र पर्ने देखाइरहेको उक्त बसैया बजार अनि जंगल हाल भारतको सिमा भित्र देखाई रहेको छ। बर्षैदेखि नेपालको भनेर चिनिरहेको नमूना सामुदायिक बनसंगै रहेको ताल केहि बर्ष यता भारतले आफ्नो भन्न्दै आइरहेको छ। जुन अहिले गूगल स्याट्लाइटबाट पनि भारतको सिमाभित्र देखाएको छ। केन्द्रियस्थरमा बसेर करोडौंमा नक्सा सहिद बेचेको नै हुनुपर्ने आँकलन गर्छु म। पुनर्वासमै बसेर अझै नगरपालिका भैसकेको अवस्थामा पनि स्थानीयले अब चुपचाप बस्यो भने नेपालआमाको आँखा लाग्ने छ। तसर्थ अब सबै एकजुट भएर सिमा बचाउँ अभियान अनि आन्दोलन नै गर्नु अतिआवश्यक देखिन्छ। वीर गोर्खालीको सन्तान हामी कायर बनेर बस्नु ती वीर पुर्खाहरुको आत्माले श्राप दिन्छ। दुनियाँभर वीर गोर्खाली भनेर चिनिने हामी आफ्नै आँगनमा आइ आफ्नै आमालाई लुछिरहेको टुलुटुलु हेरिरहनु कार्यता सिबाय अरु केही होईन। दिनानुदिन हाम्रै आफ्नै भुमिमा नेपाल चेली भारतीय एस एस बिहरुबाट संबेदनसिल अंगहरुमा छुने,गाली गर्ने, लात्तीले हिर्काउन जस्ता क्रियाकलाप भैरकेको हामी टुलुटुलु हेरेर बसिरहेका छौं। कति पानीमरुवा भयौं हामी वीरका सन्तान। इतिहासले हामीलाई धिक्कार्छ अझै पनि हामीमा गोर्खे रगत उम्लिएन भने।
हाम्रा स्थानीय पुर्बजहरुले पनि आफूहरुले सक्दो आवज नउठाउनु भएको होईन। तत्कालीन कंचनपुरका जिल्ला अधिकारी मधुकर मास्केले प्याराताल नक्सा मै पास गरेर बेचेको तत्कालीन स्थानीयहरुले भनिरहनु भएकै छ।। पालैपालो जिल्लाअधिकारी फेरिदै जाने अनि कुनै न कुनै सम्पदा बेचेर आफ्नो पेट भर्ने खेल अझै यथाबत छैन भन्न सकिन्न। भ्रष्टाचारले मुल जरो गाडेको मेरो प्यारो मातृभुमी नेपाल शोषक र सामन्तीहरुको नै चलखेल छ। समाज सुधार, भुमी सुधार, बिकास अनि सुरक्षा गर्ने कसम खाएर पदमा पासेका हरु पैसाको बिटो भए आफ्नै आमालाई बेचिएहेका छन यहाँ।
पुनर्वासहरुले अब केन्द्रियस्थर मै पुग्ने गरि आन्दोलन नगरी नहुने मैले देखेको छु। यहाँ केन्द्रबाट सरकारका प्रतिनिधिहरु बोलाइ हाम्रो सिमा ओल्याइनु पर्यो। कैयौं बर्ष देखि गाएब भएका अनि भारतीय पक्षले एकतर्फी रुखलाई सिमामान्दै आएका सिमाहरु सहि रुपले खोजिनु पर्ने अनि तत्काल सिमाक्षेत्रमा तारबार गरि बस्ती बसाइनु पर्ने माग राख्दै पुनर्बासका सम्पुर्ण गोर्खालीले अब तातो रगत गर्नु पर्ने बेला आएको छ। होइन भने भोलिको दिन पुनर्वास भारतको नक्सा भित्र पक्कै पर्ने छ।
पुनर्वास मै अबस्थित सुधुरपश्चिमको गौरव भन्न सकिने प्यारातालको बारेमा बेलाबेलामा कुरा नउठेको होइन तर हाल नेपाल सरकारका प्रतिनिधि हरु जुन जिल्लास्थरमा बसेर भारतलाई प्यारातालको नक्सा पास गरेर करोडौंमा बेचिसके जुन अझै नेपालआमाका वीर सन्तानहरुको खुकुरीको नजिक आएर प्याराताल कब्जा गर्न सकेका छैन। पुनर्वासको प्याराताल संगै नमूना सामुदायिक बनसंग रहेको बन नेपालको नबाएर तारबार गर्न सक्ने हो भने भोलि भोलि पर्यटन क्षेत्र बन्नसक्थ्यो, पुनर्वासीहरुको लागि गर्व बिषय बन्नसक्छ। तेस्तैले कुनै एक दुईजना मात्रै सिमाको बिषयम बोलेर कुनै कहि हुनेबाला छैन। सबै जुरमुराउनु नै पर्छ तब मात्र भन्न सक्छौ हामी नेपाली वीर गोर्खाली नत्र भने हामी बाघको छाला ओडेको स्याल हुनेछौ हामी।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.