हाम्रो प्रतिबद्धता

समाज जहाँ हामी बस्छौं, हाम्रा सन्ततीहरु हुर्कन्छन् । आफ्नो र देशको सुन्दर भविष्य कोर्न यहीबाट शुरु हुन्छ । समाजबाट हामीले थुप्रै कुराहरु सिक्छौं र सिकाउछौं पनि । त्यसैले समाज उन्नत हुनु निकै जरुरी छ, स्वच्छ हुनु जरुरी छ । समाजमा ब्याप्त कुरीति, कुसस्कार, विकृति र विसंगतीलाई बेलैमा बढारेर नै समाज स्वच्छ हुन्छ । त्यसैमा शान्ति, विकास र अमन चयन सम्भव छ । हाम्रो समाजमा रहेका विकृति, विसंगती, कुरीति, कुसंस्कार तथा भ्रष्टाचारलाई समाजबाट भण्डाफोर गरेर सदाका लागि अन्त्य गर्न पुनर्वास क्षेत्रमा रहेको सम्पूर्ण गलत कुराहरु जसले हाम्रो समाजमा र राष्ट्रलाई अधोगतितर्फ धकेलेको छ ।
त्यसको खबरदारी गर्ने सत्प्रयास स्वरुप मितिः २०७१ चैत्र ४ गतेबाट ‘हेल्लो पुनर्वास’ नामक साप्ताहिक पत्रिकालाई शुरु ग¥यौं । “आफ्नै गाउँ, आफ्नै ठाउँका कुरा, बरिष्ठदेखि भुरासम्मका कुरा” भन्ने नारालाई आत्मसात गर्दै जाँदा समाज विरोधी, भ्रष्टचारीहरुसँग हाम्रो आम्ने साम्ने भइरहन्छ । बाहिर भलादमीको सेतो खोल आढेर देशलाई लुट्ने लुटेराहरुसँग हाम्रो पैठेजोरी हुने गर्छ । यस्तो लाग्छ हामी युद्धको मैदानमा छौं । जहाँ निरन्तर देश र समाज विरोधी भूमिकामा आफन्तकै अनुहार लिएर विभिन्न पात्रहरु आउछन् । तर ती आफन्तका भेषमा आएका समाज विरोधीहरुलाई हामी प्रहार गर्न बाध्य हुन्छौं । किनभने हाम्रो देश र समाज सुधारको अभियानलाई आफन्तका अनुहारहरु र सानो तिनो प्रहारहरुले छेक्न कुनै पनि हालतमा सक्दैन । किनभने माझीले पानीको छाल र लहरलाई चिर्दै गन्तब्यमा पु¥याउनु उसको धर्म हो । देश निर्माणको अभियानको लागि कोशेढुङ्गा हो । गुहूलाई छोपेर दूर्गन्ध हराउदैन, त्यसलाई खाल्डोमा पुर्नै पर्छ । यसरी थुप्रै अवरोध बीच पनि हाम्रो यो अभियान जारी छ । यो अभियानको लामो यात्रामा थुप्रै बुद्धिजिबीवर्ग, राजनीतिकर्मी, ब्यापारी तथा सर्बसाधारणको माया र सद्भाव हाम्रो साथमा हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने हाम्ले विश्वास लिएका छौं । तर कतिपय ब्यक्ति तथा संस्थाले पत्रकार भनेपछि हेर्ने दृष्टिकोण नकारात्मक भएको र भयभित नजरले हेर्ने गरेको हामीले पाएका छौं । तर तपाईं र तपाईंको संस्था समाज विरोधी र कानून विरोधी कृयाकलापमा संलग्न छैन भने हामीसँग डराउनु पर्ने वा भयभित हुनु पर्ने कुनै कारण छैन । राम्रो गर्नेहरुलार्इृ हामी सधैं सलाम गर्छाैं चाहे ऊ ब्यक्तिगत रुपमा हाम्रो परम् शत्रु नै किन नहोस् । जहाँसम्म यदि तपाई गलत गरिरहनु भएको छ भने हाम्रो नजरबाट बच्न असम्भव छ ।
त्यसैले सक्नु हुन्छ भने सत्कार्य गर्नुहोस्, परोकार गर्नुहोस्, देश र समाज विकासमा आफ्नो गच्छे अनुसार योगदान दिनुहोस् । तर सक्नु हुन्न भने कमसेकम कानून विराधी देश विरोधी काम नगर्नुहोस् । जसको कारणले अरुले दुःख नपाउन् यही आग्रह छ यो अङ्कमा सबैलाई । आजको यो २९ औं अङ्कसम्म आइपुग्दा सहयोग पु¥याउनु भएकोमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा धन्यवाद ब्यक्त गर्दै तपाईंहरुको यसरी नै निरन्तर माया र साथ पाइरहेमा आगामी दिनमा थप उर्जाशील बनेर समाजमा ब्याप्त कालो संस्कार विरुद्ध लडिरहने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.