‘आफुले पिउँने कुवाँको पानी मात्र मीठो छ भन्नु धार्मिकता हैन’

धर्मको नाममा पटक–पटक बिबाद उठेको सुन्दा र देख्दा निकै आश्चार्य लागेर आउँछ । यसरी किन ब्यर्थै धर्मको नाममा बिबाद खडागरेका होलान् ? किन ब्यर्थै अर्थको अनर्थ लगाइरहेका छन् । धर्मलाई कुनै खतराजन्य पदार्थसँग मेलान गर्दै मानिस यस्को पिछलग्गू बनेर लागिरहेका छन् मानौं लागू पदार्थ सेवनकर्ता लागू पदार्थको आदि भए जस्तै ।
इतिहास साँची छ अहिले सम्मको इतिहासमा धर्मको नाममा जती रक्तपात, हिंसा र युद्ध भए अरु कुनै पनि विषय र प्रसङ्गमा भएको छैन । बाबरी मस्जिद भत्काइएको नाममा हिन्दू र मुश्लिमबीच भयङ्कर युद्ध मच्चियो । इशाइ र मुसलमानहरुका बीच जेरुसेलम भूमिका निम्ति झण्डै १ सय ९० वर्ष युद्ध चल्यो । इशाई धर्मकै बीच प्रोटेस्टेन्ट र क्याथोलिक बीच पनि भङ्कर युद्ध चल्यो । लाखौं घरबार बिहीन भए, हजारौंको ज्यान गयो । धर्मको नाममा अन्धाधुन्दा पिछलग्गू हुने यस्ता आचरणगत विशेषताले नै धर्मको नाममा चौतर्फी बिषक्तता भरिदिएको छ । नेपालकै परिप्रेक्ष्यमा रहेर कुरा गर्ने हो भने पनि केही समय पहिले पशुपतिका जटाधारी बाबाहरुले हिन्दू राष्ट्र नभए गुरिल्ला युद्ध गर्ने भनी डङ्का पिटेका थिए । अहिले रामनामी च्यादर ओढेर सुरुमुनीदेखि भुसुनासम्म आन्दोलित भएका छन् । रगतको आहाल बनाउने घोषणा गरेका छन् । के अहिलेसम्मको धार्मिक आस्था र धार्मिकताले यही कुरा सिकाएको हो त ? के हामीले वर्षौदेखि पुज्दै आएको धर्मले हामीलाई यही गर्न अह्राएको र उस्काएको हो त ?
धर्मले मानबलाई मानवीयता भर्न सिकाउँने हैन र ? आत्मिक सन्तुष्टि, शान्तिको थातथलोमा विराजमान गराउदै मानवलाई बास्तबमै मानवीय तबरले दीक्षित गराउँने हैन र ? आफुले पिउँने कुवाँको पानी मात्र मीठो छ भन्नु धार्मिकता हैन । चेतना भया !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.