जनताका लागि सेतु

राज्यको केन्द्रीय तहबाट होस् या जिल्ला सदरमुकामका नजरबाट, कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास निकै पिछडिएको क्षेत्रको रुपमा लिने थुप्रै आधारशिलाहरु हामीमाझ स्तम्भित छन् । पुनर्वासमा बिभिन्न धर्म, जाती, क्षेत्र, संस्कृतिका जनताहरु बसोबास गर्दै आएका छन् । महेन्द्र राजाका पालामा यस क्षेत्रलाई ग्रामीण आवास कम्पनी मार्फत जनतालाई ल्याई पुनर्वासी बनाईयो । यो पुनर्वास नयाँ नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले शब्दमा उतारे झंै “सयांै थुङ्गा फूलका हामी एकै माला नेपाली” भने झैं “एकै धागोमा उनिएर बसेका रङ्गीबिरङ्गी आकर्षक मालारुपी पुनर्वासी हौं” भन्दा अतिउक्ति नहोला ।
यहाँका जनता एनेकतामा एकताको एकै सुत्रधारमा जसरी बाधिएर बसेका छन् । यही एकतालाई अझै सुदृढ र अझै प्रभावकारी ढङ्गले कायम राख्न हामीले सूचना आदान–प्रदान गर्ने साप्ताहिक नै भएपनि यस पत्रिकालाई प्रमाणका रुपमा यहाँहरुसामू उभ्याएका छांै । यस पत्रिका मार्फत यहाँका जनताका समस्या, सम्भावनाका बिषय बस्तुहरु उठान गरेर सरोकारवाला निकायसम्म पु¥याउने र अवसरहरुका सूचना जनतामाझ ल्याउने एउटा दरिलो सेतु बन्न सक्छौं भन्ने अपेक्षासहितको विश्वास यहाँहरुलाई दिलाउन चाहन्छौ । “हेल्लो पुनर्वास” को टिम पत्रकारिताको धर्ममा निकै जुझारु, अटल, र कटिबद्ध रहने छ ।
पत्रकारिता पेशा जति ओजपूर्ण र गहकिलो छ, त्यत्ति नै सम्बेदनशील र चुनौतिपूर्ण पनि छ । अझ मोफसलमा रहेर पत्र–पत्रिकाको प्रकाशन गर्नु भनेको फलामको चिउरा चपाउनु सरहकै एउटा जटिल परिस्थितिको सृजना हुनु हो, यद्यपी हामीले पुनर्वासी जनताको आवश्यक्ताको महशुस गरी फलामकै किन नहोस् चिउरा चपाउँने दुष्साहस बोकेर यहाँहरु समक्ष यो “हेल्लो पुनर्वास” नामक अनलाईन पत्रिका पस्केका छांै, स्वीकार्नु होस् । यसै अनलाईन पत्रिका मार्फत हामी यहाँका सम्भावन र चुनौतीहरुलाई खोतलेर सबै सामु उदाङ्गो पार्ने हाम्रो सदैब सत्प्रयास रहने छ ।
पत्रकारिताको भूमीमा कलम दौडाउँने छोराको नियती र युद्धभुमीमा होमिने छोराको चुनौती, यी दुबैको गती उस्ता–उस्ता भएपनि यहाँका जनताको सूचनाको हक र अधिकारका लागि हामी पत्रकारिताको चुनौतीपूर्ण भुमिमा पनि होमिन तत्पर छौं । आशा छ पुनर्वासी सबैले साथ दिए हाम्रो आशालाई विश्वासमा बदल्दै हाम्रो लक्ष्यलाई सफलताको शिखरमा एक दिन पु¥याएर मात्र बिश्रान्ती लिने हाम्रो अठोट छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.