‘कायर गोर्खाली’ भन्दा के नै फरक पर्ला !

कञ्चनपुर जिल्ला र भारतको लखिमपुर जिल्लासँग जोडिएको क्षेत्र पुनर्वास÷बेलौरीमा भारतको हस्तक्षेपकै कारण २०२८ साल देखि २०३४ सालसम्म तत्कालीन वस्ती विकास कम्पनीले पुनर्वासको रुपमा बसोबास गराएको उक्त नेपाली भुमिमा भारतीयहरुको ज्यादतीलाई नेपाली नागरिकबाट प्रतिकार गर्दै आएका थुप्रै घटनाहरु पुनर्वासीलाई ताजै छ ।
भारतको लखिमपुर जिल्ला र नेपालको कञ्चनपुर जिल्लामा रहेका १७१ नम्बरको सीमा स्तम्भदेखि २१० नम्बर सीमा क्षेत्रमा हजारौं हेक्टर नेपाली भुमी भारतीयको हस्तक्षेपमै रहदै आएको छ । १९८ सीमा स्तम्भदेखि २०१ नम्बर सीमा स्तम्भको क्षेत्र भारतीय सीमा क्षेत्रबाट झण्डै एक किलो मिटर नेपाली भुमीमा रहेको बस्तीमा विद्यालय निर्माणमा समेत रोक लागाउदै आएको छ भने निर्माणपश्चात पनि बेला–बेला आएर भारतीय पक्षबाट धम्क्याउने गरिएको छ । पटक–पटक भारतीय सूरक्षाकर्मी हात हतियार सहित नेपाली भुमिमा प्रवेश गर्दा कैयौं पटक स्थानीय वासिन्दाले प्रतिकार गर्दै आएका छन् तर, नेपाली प्रशासकले मौनता साँध्नु बाहेक अरु केही गर्न सकेको छैन ।
आफ्नै देश भित्र आफ्नै माटो हराएको सत्य घटनाहरु एकादेशका कथा हुन लागिसक्यो । दलगत स्वार्थ र आपसमै लुछाचुडी गर्नमै हामीलाई फूर्सद छैन । देश विकास गर्छौं भनी मञ्चमा भाषण गर्नेहरु एकपटक सीमा स्तम्भतिर त हेर ! कस्तो छ सीमा स्तम्भ र त्यहाँका स्तम्भ बनेर बसेका जनताहरुको हबिगत । यो प्यारा तालको ठेक्का अझै पनि हाम्रै कञ्चनपुर जिविसले लगाइरहेछ तर सीमाना चैं त्योभन्दा अझै वर हो भन्छ भारतीय पक्ष । सिधा–सिधा, जाना–जान नेपाली भूमी भारतले हडप्दै छ, हामी निरीह बनेर ट्वाल्ट्वाल्ती हेर्न बाध्य छौं । तर फेरि पनि हामी आफूलाई चाहीं बीर गोर्खाली हौं भनी धक्कू लगाउँछौं । साँच्चै कस्तो बीर गोर्खाली हौ त हामी ? आफ्नै आँखा अगाडि नेपाल आमा लुटिदै छ, तर हामी मूकदर्शक बनी बसेका छौं । नाम मात्रको बीर हुनु भन्दा कर्मले नै हामी कायर छौं भने आजैबाट हामीलाई ‘कायर गोर्खाली’ भन्दा के नै फरक पर्ला !

Facebook Comments
Down to post ads-480-38

Comments are closed.