श्रीमानकाे बन्चराे प्रहारबाट श्रीमतीकाे दुईअाेटै खुट्टा भाँचियाे

0
  1. हेल्लो समाचारदाता

पुनर्वास,पाैष २६ । कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिकाका एक ब्यक्तिले अाज बन्चराे प्रहार गरि अाफ्नै श्रीमतीकाे खुट्टा भाँचिदिएका छन।

पुनर्वास नगरपालिका वार्ड नम्बर ३ अाईबिअारडीका ५० बर्षिय राम नेपालीले अाफ्नै श्रीमती ३८ बर्षिया रीता नेपालीकाे खुट्टा भाँचिदिएका हुन। बालबच्चाकाे विद्यालयकाे शुल्क तिर्न र अलिकति घर खर्चका लागी लाल पुर्जा धिताे राखि बैँकबाट ऋण निकालाैँ भनेर सल्लाह गर्न खाेज्दा अाफुमाथी साँघातिक अाक्रमण गरेकाे पिडित रीताले बताईन। घरमा रहेकाे बन्चराे उल्टाे पारेर अाफु माथी निर्घात कुटपीट गरि घाईते बनाएकाे बताईन।

घटना अाज बिहान साँढे १० बजे तिर भएकाे प्रहरीले जनाएकाे छ। घाईते रीताकाे बायाँ खुट्टा ३ ठाउँमा र दायाँ खुट्टा एक ठाउँमा भाँचिएकाे पुनर्वास पाेलिक्लिनिकले जनाएकाे छ। अाईबिअारडी स्थित पुनर्वास पाेलिक्लिनिकमा उपचार सम्भव नभए पछि उपचारका लागि धनगढी रिफर गरिएकाे पुनर्वास पाेलिक्लिनिकले जनाएकाे छ। बन्चराे प्रहार गर्ने राम बहादुर नेपाली ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीकाे नियन्त्रणमा रहेकाे प्रहरी निरिक्षक कर्ण बहादुर बमले बताए।

Facebook Comments
ads-480-38

Leave A Reply