धनगढीका मेडिकल संचालक साउँदद्वारा आर्थिक सहयोग

       बृहत मष्टधाम निर्माण

– हेल्लो समाचारदाता
धनगढीं, २३ पौष ।
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीका गोदावरी नगरपालिकाकै विकट पहाडी क्षेत्र बन्दगडामा निर्माण हुन लागेको बृहत मष्टधाम निर्माणका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ ।
मष्टधाम निर्माणमा गोदावरी नगरपालिका वडा नं. ६ का एक स्थानियले ५० हजार भन्दा बढी रकम आर्थिक सहयोग गरेका छन । सेती अञ्चल अस्पतालमा रहेको क्यान्टीन एवम् अनिरुद्र मेडिकल धनगढीका संचालक भरतबहादुर साउँदले मष्टधाम निर्माणका लागि ५१ हजार १ सय ११ हजार रुपैंया सहयोग गरेका हुन ।
प्रदेशको राजधानीकै विकट क्षेत्रका रुपमा रहेको बन्दगडामा मष्टधामको निर्माणले आन्तरिक एवम् बाह्य पर्यटकहरुको आगमनमा बृद्धि हुने उनले बताए ।
पर्यटकहरुको बृद्धिसँगै आर्थिक रुपमा विपप्न त्यस ठाउँका स्थानिगबासीहरुको आयस्तरमा पनि बृद्धि हुने उनको बुझाई छ । मष्टधामले धार्मिक एवम पर्यटकीय रुपमा जिल्लाको विकासमा टेवा पुरयाउने बताउदै उनले जिल्लामै पहिलोपटक भईरहेको मष्टधाम निर्माणमा सर्बैले सहयोग गर्न अनुरोध गरे । यस अघि अत्तरियामा रहेको पि डि पोलिक्लिनिक प्रा.ली का संचालक गणेशबहादुर साउँदले उक्त मष्टधाम निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गर्नुभएको छ ।
मष्टधामको व्यवस्थापनका लागि साउँदकै अध्यक्षतामा ७ सदस्यीय मष्टधाम व्यवस्थापन समिति गठन गरिएको छ । अत्तरियाबाट करिब १५ बिलोमिटरको दूरीमा रहेका खुटिया–दिपायल फास्टट्रयाकसँग जाडिएको निकैं रमणिय ठाउँमा बृहत रुपमा मष्टधाम निर्माण गर्न लागिएको हो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.