तमुल्होसार पर्वले एकताको भावना बढाउने : नगरप्रमुख जीवनराज थापा

– रञ्जित लामा
पुनर्वास, १५ पौष । 
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ प्रतिभानगर टाउँनमा आइतबार तमुल्होसार पर्व धुमधामका साथ मनाएका छन् ।
तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्य समिति, कञ्चनपुरको आयोजनामा पुनर्वासका गुरुङ् समुदायले पुरानो वर्षलाई विदा गर्दै पौष १५ गतेबाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाएका हुन् ।
कार्यक्रमको विशिष्ट अतिथि रहनु भएका पुनर्वासका नगरप्रमुख जीवनराज थापाले तमुल्होसार पर्वले सबै पुनर्वासीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताउनु भयो ।
उहाँले पुनर्वासमा विभिन्न जातजातिले मनाउने चाडपर्वले पुनर्वासको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको बताउनुभयो । नगरप्रमुख थापाले पुनर्वासको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धनमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै यस्ता पर्वले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिकरुपले समृद्ध नगर निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वहाँँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ समुदायमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

आयोजकबाट मायोको चिनो ग्रहण गर्नु हुँदै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा र उप–प्रमुख शारदा बिष्ट धामी


तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला कार्य समिति, कञ्चनपुरका अध्यक्ष मिनबहादुर गुरुङ्गको सभाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी प्रदेश ७ को संसदीय दलको प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य तारा लामा तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रमको विशिष्ट अतिथिद्वय पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, उप–प्रमुख शारदा बिष्ट धामी रहनु भएको थियो ।
अतिथि दीर्घामा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद प्रदेश ७ का प्रमुख रामबहादुर गुरुङ्ग, पुनर्वास नगरपालिका–६ का वडा अध्यक्ष मनबहादुर गुरुङ्ग, आदिबासी जनजाती जिल्ला उपाध्यक्ष बास्मती राजी, आदिबासी महासंघ जिल्ला सल्लाहकार तथा अधिवक्ता नेत्रबहादुर तामाङ आदि रहनु भएको थियो ।
तमु स्योह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद पुनर्वास इकाई कमिटीका अध्यक्ष सन्जु गुरुङ्गको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद प्रदेश ७ की अध्यक्ष पूर्णाकुमारी गुरुङ्गले गर्नु भएको थियो । ‘एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक भोज लगाएत सांस्कृतिक कार्यक्रम गर्नु नै तमुल्होसारको विशेषता भएको अध्यक्ष पूर्णाकुमारी गुरुङ्गले बताउँनु भयो । ‘ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठा–मीठा परिकार खाने प्रचलन छ ।’ वहाँले भन्नु भयो– ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो ।”
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायका अगुवाहरुको भनाइ छ ।

Facebook Comments
ads-480-38

Comments are closed.