डोकेबजारमा एघार ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

डेढ महिनामै २७ ग्राम ब्राउनसुगर र लागू औषधसहित १४ जना पक्राउ

– हरिलाल जोशी
पुनर्वासं, १५ पौष।
कञ्चनपुरको डोकेबजारमा एघार ग्राम ब्राउन सुगर र स्पासमो ट्याबलेट ६१ थानसहित सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पुनर्वास नगरपालिका–११, डोकेबजारबाट एघार ग्राम ब्राउन सुगर र स्पासमो ट्याबलेट ६१ थान सहित एकजनालाई आईतबार प्रहरीले पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–२ का २८ वर्षीय राजेन्द्र जोशी रहेका छन् ।
पुनर्वासबाट धनगढीतर्फ मोबाइलको चार्जरमा ब्राउनसुगर र खल्तीमा ट्याबलेट लुकाएर लैजादै गर्दा पुनर्वास नगरपालिका–११, डोकेबजारबाट बेलुका ५ बजेतिर उनलाई विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पक्राउ गरेको हो ।
ब्राउन सुगर जस्तो घातक जुन २५ मिलि ग्राममा मुद्दा चल्ने, ११ ग्राम निक्कै ठूलो परिमाण भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बमले बताए ।
लागू औषध नियन्त्रणमा केही दिनदेखि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आफ्नो सफलता देखाउँदै आएका छन् ।
डेढ महिनाको अन्तरालमै ब्राउनसुगर मात्रै २७ ग्राम सहित पाँच जना र लागुऔषधसहित नौ जनालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरिसकेका छन् । नेपाल–भारत सीमा नाका पुनर्वासबाट पछिल्लो समय लागूऔषधको ओसार–प्रसार बढेपछि त्रिभुवनबस्ती प्रहरीले विशेष अभियान थालेका हुन् ।

Facebook Comments
ads-480-38

Comments are closed.