खप्तड स्कुलको १८ औं वार्षिकोत्सब सम्पन्न

– हरिलाल जोशी
पुनर्वास, १३ पौष।
कंचनपुरको पुनर्वास नगरपालिका(६ स्थित खप्तड ईङ्लिश बोर्डिङ स्कुलको १८ औं वार्षिकोत्सब एवं संस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवराज थापाको सभाध्यक्ष एबम पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो समारोहमा नगर उपप्रमुख शारदा बिष्ट धामीको बिशिस्ट आतिथ्य रहेकोे थियोे ।
विद्यालयका शिक्षक अजय शर्माले २०७० सालमा निधन हुनुभएको आफ्नो दाजु स्वर्गिय शिक्षक बुद्धिसागर शर्माको नामबाट सो विद्यालयमा रु. पन्ध्र हजारको अक्षयकोष खडा गरेका थिए ।


कार्यक्रमको आकर्षणको रूपमा समसामयिक विषयमा आधारित विद्यार्थीहरुको नृत्य, गायन, नाटक आदिको बेजोड प्रस्तुती रहेको थियो । साथै अर्धबार्षिक परीक्षाको परीक्षाफलसमेत प्रकाशित गरिएको थियोे ।
शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र पत्रकार समेतको उपस्थिति रहेको कार्यक्रममा प्रीन्सिपल भिम श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रीन्सिपल भिम श्रेष्ठको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक अमित रोकायाले गरेका थिए ।

Facebook Comments
ads-480-38

Comments are closed.