धनगढीमा १३ गते हुने नेपथ्य लाईभ कन्सर्टको तयारी पूरा

हेल्लो समाचारदाता धनगढी १ मसिंर ।

पप गितलाई लोक लय र नेपाली मौलिक लोक गितलाई लोक रक लयमा ढालेर नेपाली गित संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको चर्चीत ब्याण्ड नेपथ्य व्याण्डको धनगढीमा हुने लाईभ कन्र्सटको तयारी अन्तिम चरणमा पुगेको छ ।नेपथ्यले पूर्वदेखि पश्चिम नेपालसम्म समेट्ने गरी तरार्इ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको हो ।
मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ ।

केही समयअघि मात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । मसिंर १३ गते १३ गते धनगढी पुगेर कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।
व्याण्डको धनगढीमा कन्सर्ट मंसिर १३ गते बेलुकी धनगढी रंगशालामामा हुने दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए ।
दताज ईभेन्ट र म्यानसन नेपालको आयोजना तथा दारी ग्याङ धनगढीको सहयोगमा कन्सर्ट आयोना हुने भएको हो।

नेपथ्यको पहिलो एल्बम नेपथ्य देखि ऐना झ्याल एल्बममा समावेश गितहरु सबै उमेर समुहका नेपालीमाझ लोकप्रिय रहेको छ।

Facebook Comments
ads-480-38

Comments are closed.