अमरगढी पुगेका साईकल यात्रीको स्वागत

हेल्लो समाचारदाता

डडेल्धुरा, १० कार्तिक । 

अगरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाद्धारा देशका विभिन्न स्थानवाट अमरगढी पुगेका साईकल यात्री पर्यटकको स्वागत गरेका छन् । पर्यटन विकासकालागि प्रचारप्रसार तथा प्रबद्र्धनमा लागेका कास्की पोखरा र कैलालीका युवालाई शुक्रवार मेयर ओझाले आफ्नै कार्यकक्षमा स्वागत गरेका हुन् ।

सो अवसरमा मेयर ओझाले अमरगढीका प्रमुख पयर्टकीय स्थल पुगाउन र वसाई लम्बाउन सहकार्य गर्ने जनाइसकेको बताउँदै यहाँको शक्तिपीठ उग्रतारा, रावलतोली गुफा, ऐतिहासिक अमरगढी किल्ला, धार्मिक आस्थाको धरोहर घटालवावा लगायतका स्थलको अवलोकन गर्न नछुटाउन आग्रह गरे ।

मेयर ओझाले प्रदेशकै केन्द्रविन्दु, प्रकृतिकी खानी, सुदूरपश्चिम पहाडकी रानी भनेर चिनिने डडेल्धुरा सदरमुकाम अमरगढी बसाईक्रममा कतै कसैलाई कुनै समस्या परे अमरगढी मेयरको सचिवालयमा सम्पर्क गरे समाधानको पहल गरिनेसमेत बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.