पुनर्वासको परोपकार युवा क्लबको अध्यक्षमा सूर्य

– हेल्लो समाचारदाता
पुनर्वास, ९ असोज 
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाटा स्थित विभिन्न समाजिक तथा परिवर्तनमूलक कार्यक्रम गर्दै आएको परोपकार युवा क्लबको नयाँ कार्य समिती चयन भएको छ ।
मंगलवार वसेको युवा क्लवको वैठकले सूर्य वुढाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
युवा क्लबको प्रयासमा वडालाई मदिरा नियन्त्रण गर्न निकै सहयोग भएको पुनर्वास नगरपालिका वडा नंम्वर ९ का वडाध्यक्ष नारायण जैशीले बताए ।
नयाँ कार्य समितिले वडामा अझै सशक्त भएर काम गर्ने अपेक्षा वडावासीको रहेको उनले बताए । युवा क्लवको नयाँ कार्य समितिको उपाध्यक्षमा रत्नादेवि क्षेत्री, सचिवमा ईश्वर वुढा, सहसचिवमा सुरेश वुढा र कोषध्यक्षमा पार्वती वुढा चयन भएको युवा क्लवका सचिव ईश्वर वुढाले जानकारी दिए ।
उनले क्लवको माथिल्लो कार्यसमितले सदस्यहरु नियुक्त गरीने भएकाले अहिले क्लवको सदस्य नछानेको बताए । क्लवको जिम्मा आफुहरुको काधमा आएकाले समाजमा हुने घरेलु हिंसा, झै–भगडा, चेलीबेटी वेचविखन, मदिरा नियन्त्रण तथा थुप्रै समस्याहरुमा जिम्मेवार भएर लाग्न स्थानीयको साथ सहयोग आवश्यक पर्ने पनि सचिब बुढाले बताए । क्लवका अध्यक्ष सूर्य वुढाले पनि क्लवले गर्ने कुनैपनि काममा स्थानीयको सहयोग आवश्यक पर्ने बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.