ब्राउनसुगरसहित एक भारतीय पक्राउ

 हेल्लो समाचारदाता

कैलाली, भदौ १२

लागू औषध ब्राउन सुगरसहित कैलाली प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

 

सुदूरपश्चिम प्रहरीद्वारा गठित क्षेत्रीय अनुसन्धान समुह (आरआईटी) ले भारत पलियाकला खिरीका प्रदीप गर्गलाई आठ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित धनगढीको त्रिनगर पुलबाट पक्राउ गरेको हो।

 

गर्गलाई पाइन्टको भित्री खल्तीमा सेतो प्लाष्टिकको पोकामा लुकाएर राखिएको ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएकोछ। पक्राउ परेका गर्गलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ।

गर्गले लागूऔषध बिक्रीका लागि धनगढी बजारमा ल्याएको प्रारम्भीक बयानबाट खुल्न आएको र थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

Facebook Comments
ads-480-38

Comments are closed.